Posted by: shubha August 22, 2007
Login in to Rate this Post:
0
?
लौ सुनम् गजल:
बिझाउने बोलि पनि आहा कत्ति मीठो
ख्यालैमा हो कि तर रिसायौ पक्कै
तर्यौ आँखा देखेर मलाई आज
सुटुक्क मुटुमा तर चिहायौ पक्कै
मुहारभरि छरिए तिम्रा रिसका रेखा
मनमनै कतै तर लजायौ पक्कै
नगर प्रयाश भो ब्यर्थै भन्यौ मलाई
समर्पणका सपना तर सजायौ पक्कै
देखायौ अनुहारमा आवरण झुठो
मिलनका काउकुती तर छिपायौ पक्कै
--अन्तरे