Posted by: PallaGhareAntare August 22, 2007
Login in to Rate this Post:
0
?
अन्तरेले गजल लेख्यो आज।
उता कविताको देशमा राख्ने आँट गरेन डाईलग खाइन्छ भनेर (फस ट्याम हो क्या)। अनि नेपे दाजीको कविता कसरी लेख्नि भन्नि धागो भक्खरै पढ्यो अन्तरेले, झन् सातै गयो। लु राम्रो छ भनेर धाप त मार्लान् तर कविता सुन्नु परो भने चाहिँ भगाभाग गर्छन् तेस्तो हुनु हुन्न कविता भनेर लेख्या रैछन् आफुलाई चैं एक् दोडा राख्या कविता याँ चौतारीमा त्यो पनि हाँसो भैएछ झैं लार आओ, मनै खिन्न।
अनि तेस्माथि गोताएँको मुख साह्रै छुच्चो के, खेस्रा कोरेर सिधै राख्द्या झैं लाओ, काँट छाँट गर्या भे अझै राम्रो हुन्तो भन्दिन्चन्
लौ यसैलाई खेस्रा मानम र डाईलग पेलम। अझ कसैले फुल् बुट्टा भरेर, बल्ड्याँग्रे रंगीचंगी अक्षरमा बनाइदे क्या खास्सा हुन्थो, आफुलाइ तेस्तो गर्न आउँदैन क्यार्नी।
लौ सुनम् गजल:
बिझाउने बोलि पनि आहा कत्ति मीठो
ख्यालैमा हो कि तर रिसायौ पक्कै
तर्यौ आँखा देखेर मलाई आज
सुटुक्क मुटुमा तर चिहायौ पक्कै
मुहारभरि छरिए तिम्रा रिसका रेखा
मनमनै कतै तर लजायौ पक्कै
नगर प्रयाश भो ब्यर्थै भन्यौ मलाई
समर्पणका सपना तर सजायौ पक्कै
देखायौ अनुहारमा आवरण झुठो
मिलनका काउकुती तर छिपायौ पक्कै