Posted by: laborperm August 22, 2007
Corruption in Supremecourt
Login in to Rate this Post:     0       ?        
“पैसा लिएपछि काम गरेन भने न्यायाधीशको घाँटी समाउन सजिलो हुन्छ” राजेश' हेलो सर। बाबुराम' हेलो। १७ गतेलाई तोक्यो होइन। बुझेर पछि एक बजे टिफिनमा म माथि गएको थिएँ। हटाउन ल्यायो। कसले तपाइँले हटाएको हो? गर्न चाहिं एकदमै ब्याड गर्नु भो तपाइँले। जे भयो भइहाल्यो। बूढाले के भन्नुभयो भने १७ गतेलाई तोकिदिएको छु भन्नुभयो। ठीकै छ। १७ गते जे गर्नुपर्छ गरौंला। १६ गते बिहान मकहाँ आउनुहोला। जे गर्नुपर्छ। त्यहीं गरौंला। राजेश' हुन्छ सर। बाबुराम' अरु कुरा चिन्ता गर्नुपर्दैन। आज हटाउन नहुने थियो। गल्ती गर्नुभयो। मलाई भोलि फोन गर्नु न त है। अरु तपाइँले पीर गर्नुपर्दैन। ठीक छ। ल है त। ••••• . . . . . बाबुराम' मैले बुझें। उसले के घरै बनाएर बसेको छ? राजेश' टहरासम्म। घर बनाएको छ। आधा भाग जग्गामा घर बनाएको छ। बाबुराम' जग्गा कति छ राजेशजी? राजेश' आधा मात्र छ। टहरा मात्र छ। बाबुराम' कति छ रे जग्गा जम्मा? राजेश' आठ आना। बाबुराम' डल्लुतिरको होइन? राजेश' हो सर। बाबुराम' त्यसमा त्यो चार आना जग्गा बाँकी रहन्छ? राजेश' हजुर सर बाबुराम' ल ठीकैै छ। मोही निष्काशन होस् भन्ने हाम्रो कुरा होइन त? राजेश' त्यो भयो भने ......... सकेसम्म त्यही हो सर बाबुराम' अनि अनि अरु? राजेश' बाँडफाँडमा पनि हाम्रो मुद्दा छ। बाँडफाँडमा आधा हाम्रो भागको हिस्सामा आउनुपर्ने हो। बाँडफाँड जमानामै दिएको हामीले। बाबुराम' सँगै छ? बाँडफाँड गरी पाउँ भन्ने छ हाम्रो? राजेश' बाँडफाँडमा जग्गा नपुग छ भनेर उनीहरुले भन्छ। नापीमा पनि आ'आफ्नै मान्छे राखेर टोलमा नभएका भएर। जुन रोकिन्छ। बाबुराम' हाम्रो बाँडफाँडमा सर्वोच्चमा के भएको छ? राजेश' त्यो पनि सँगै छ नि सर। बाबुराम' साथै राखी पेश गर्नु भन्ने छ? राजेश' हजुर सर। बाबुराम' अब वकिललाई सकभर मोही निष्काशन होस् होइन भने बाँडफाँडको मात्र कुरो होस् भन्ने हिसाबले। केही गरी मोही निष्काशन भएन भने बाँडफाँड चाहिं नरम करम मिलाई आधा आधा बाँडफाँड हुने ठहर छ र भनेर गर्न लगाइदिए हुन्न? राजेश' हुन्छ सर। त्यति भो भने मजासँग हुन्छ। बाबुराम' अरु के छ हालखबर? केही गरी पालो आयो भने के भन्ने यसमा? राजेश' हजुरले भनेको बुझेन सर बाबुराम' यसमा नि केही गरी पालो आयो, काम हुने भो भने नि भन्न त बिहान फस्ट आवर मै भन्नुपर्ने हुन्छ। के भनौं भनेर नि? राजेश' हजुरले भन्नुहोस् न यसमा कति जति खर्च गर्नुपर्ला? बाबुराम' हुन त आठ आनाको कुरा पर्‍यो हगि? तपाइँको यति भइदिएहुन्थ्यो भन्ने छ होला नि? मर्का पर्नु त भएन नि तपाइँलाई। राजेश' कति गरौं सर? तीनसम्म गरौं सर? बाबुराम' हुन्छ। ठीकै छ। है त? इन्केश भएन भने जग्गा बाँडफाँडमा पनि निस्सा दिएको छ हैन? पुनरावेदनले के भन्यो? जग्गा बाँडफाँड नहुने भन्यो? राजेश' जग्गा नपुगेको भए गर्न नमिल्ने भन्यो। बाबुराम' ए। त्यसो भनेको छ? कति जग्गा पुग्दैन भन्छ? राजेश' पाँचआना जग्गा मात्र छ भन्छ। जग्गा लुकाएको छ। नापी आउँदा पनि वडाको सचिवलाई र अरुलाई राख्नुपर्ने तर नराखेको सर। बाबुराम' यसो गर्ने वकिललाई मोही निष्काशनतर्फ वैकल्पिक जिकिर राख्न लगाउनुहोस्। मोही निष्काशनतर्फ हाम्रो जिकिर पुग्दैन भने जग्गा कति छ त्यतिलाई जग्गाधनी र मोहीलाई आधी आधी पाउने ठहर छ भनी ठोक्न लगाइदिन्छु हुँदैन? राजेश' हुन्छ सर। बाबुराम' है त? राजेश' उनीहरुले जग्गाको मूल्याङ्कन हुँदा कम मूल्याङ्कन देखाएको थियो। त्यो मूल्यांकन भयो भने प्लट नै हामीले लिन्छौं भनेर भनेको छ। जति मूल्याङ्कन गरेको छ त्योभन्दा बढी नै हामीले दिन्छौं भनेर भनेका छौं। तर पनि त्यसमा अब. . . . बाबुराम' वकिल को छ हाम्रो? राजेश' वसन्तराम भण्डारी बाबुराम' राम्रोसँग बहस गर्नु भन्नुहोस्। म क्लियर्ली सबै कुरा भन्छु। मलाई साढे दशमा फोन गर्नुहोस् है? राजेश' हुन्छ सर ••••• बाबुराम' हेलो। को राजेशजी? भोलि आउनु न मकहाँ। राजेश' भोलि बिहान होइन सर। म साँझपख ल्याइदिन्छु। बाबुराम' साँझपख त म कता हुन्छु। फेरि हैन। राजेश' ए बाबुराम' नभए पर्सि बिहान आए पनि भइहाल्छ। राजेश' हुन्छ सर। बाबुराम' पर्सि बिहान है त! पर्सि बिहान चिया खाने गरी निस्कनु न त। राजेश' अहिले कति जति ल्याउँ सर? हँ अहिले कति ल्याउँ सर? बाबुराम' तपाइँ आफू हेरेर ल्याउनुहोस्। नपुगे म पुगेन भन्दिहाल्छु नि। म त्यस्तो अरु जस्तो यहाँले यसो गर्‍यो, त्यो ले यस्तो होइन के। यसो कुरा गर्छु भित्र। उनीहरुको पनि चित्त बुझोस्। तपाइँलाई पनि मर्का नपरोस्। म त त्यो भन्ठान्छु क्या जहिले पनि। राजेश' हवस सर। बाबुराम' है त ल। ओके। ••••• बाबुराम' हेलो राजेश' हेलो बाबुराम सर नमस्कार। बाबुराम' नमस्ते। राजेश' सर हिजोको विषयमा एउटा कुरा गर्नुथियो हजुरसँग। बाबुराम' अँ भन्नुहोस् न। राजेश' हाम्रो यो गुठीको जग्गा हो हैन सर। अनि हाम्रो विपक्षीले गुठीलाई रैकरको लगत भिडाएर खाइरा'छ। अनि हामी यसलाई गुठी कायम गर्नुपर्नेछ। के गरौं सर? बाबुराम' ठीकै छ हैन। तपाइँको कात्तिकमा कहिले पेशी दिए भन्थ्यो। राजेश'कात्तिक २० गते हो कि २१ गते त्यस्तै हो। बाबुराम' कात्तिकलाई पेशी दिए सर भनेर भन्न आएको थियो मलाई बिहान। पछि कच्याककुचुक त गरेन नि? गर्ने कुरै हुँदैन। राजेश' त्यस्तो केही ... अँ। बाबुराम' यसो गरौं न। एक दिन चाहिं तपाइँलाई फुर्सद भयो र मलाई पनि फुर्सद हुँदाको दिन अर्को शनिबारतिर भेटेर यसो कुराकानी गरौं न त। राजेश' हुन्छ सर। बाबुराम' अथवा कात्तिकको कुरा हो क्यारे। अलि पछाडि भेटेर कुरा गरौंला। असोजतिर राजेश' हुन्छ। बाबुराम' तपाइँ हाम्रो सम्पर्क भइहाल्छ। तलको आदेश लिनुभयो त्यहाँ माथिबाट? राजेश' अँ म जान पाइनँ सर। हिजो चाहिं आएको थिएन। बाबुराम' ह्या छोडिदिनु। बूढाले पनि ढिलो ढिलो गरिदिएको होला क्या? मैले ढिला गरिदिनु भनेको थिएँ। ढिलै गरेको राम्रो छ नि तपाइँलाई। राजेश' आदेशको नक्कल यसो हेर्न पाए हुन्थ्यो। बाबुराम' सन्तोष हुन्थ्यो है? आज गएको भए हुन्थ्यो। ल ठीकै छ। म भरे नै कुरा गरिदिउँला नि त। राजेश' हुन्छ सर। बाबुराम' हवस् ल त सर। ••••• बाबुराम' हेलो। राजेश' सर। हाम्रो तहसीलदार तारिख छ। उता गिरिराज सर .................. बाबुराम' त्यही त नि। भन्नै पर्ने होला पक्कै पनि। त्यो आइमाई चाहिं उ....गर्दै हिंडिरा'छ है। सम्झाउन पर्‍यो। हिजो सम्झाउनुभएको भए राम्रो हुनेथियो। ठीकै छ म आजै भन्छु क्यारे। बाँकी कुरा भेटेर गरौंला नि। राजेश' हुन्छ सर। बाबुराम' मलाई आधी घण्टा पछि फोन गर्नु न। म यसो यसो छ भनेर मिलाएर भन्छु गिरिराजलाई। राजेश' हवस् त सर बाबुराम' अरु ठीक छ? ल त। ••••• राजेश' हेलो सर नमस्कार। बाबुराम' तपाइँले हिजो पछि भन्नुभो। १७ गतेकै दिन त न्यायाधीशलाई के फोन गरौं जस्तो लाग्यो। त्यतिबेला फोन गरिनँ। पछि त्यो फाँटवाला ईश्वर भन्ने रातो कपालवालालाई फोन गरेर सोधंे। पुनरावेदनले सदर गरेको भन्थ्यो। पुनरावेदन त हामीले हारेको होइन? राजेश' हजुर सर बाबुराम' एउटा रिट थियो र? राजेश' हाम्रो बाली भराइ मोही निष्काशन थियो। बाबुराम' कुनमा रिट हो? रिट मलाई थाहा भएन। रिटमा के थियो? विषयवस्तु थाहा भएन। कुन मोही भनेर लेखेको थियो टाइटलमा? रिटको कुरा के थियो रे। मैले त्यो भनें ....पवनले चाहिं ठीकै ठीकै त्यति राम्रो कुरा गरेको थिएन। दुइपटक सरेको हो? राजेश' एकपटक हटाएको हो सर। बाबुराम' त्यसपछि मैले अनुपलाई कुरा गरेको थिएँ। एउटा कुरा गल्ती भएछ हाम्रो हिजो। त्यही सोचेर हो सके? राजेश' के सर? बाबुराम' पैसा दिएन भन्ने हिसाबले हो कि? खाली कुरा गर्छ पैसा दिएन भन्ने हिसाबले हो कि? पहिल्यै लगेर दिन पाएको भए बिगार्ने थिएनन् यिनीहरुले। तपाइँले हिजो फोन गर्नु भएन। ...................... राजेश' पुनरावेदन सदर गरेछ। रिट चाहिं खारेज गरेछ। बाबुराम' मलाई रिटको विषयमा थाहा भएन। फेरि थाहा भएको भए श्रीमान् यस्तो यस्तो भन्थे। नहुने भए बरु हटाइदिन भन्थें के मैले। राजेश' बाँडफाँड चाहिं रिटबाट आएको सर। बाबुराम' पुनरावेदनका सम्बन्धमा हाम्रो हक अधिकार नै जाने हो कि भनेर पीर लाग्यो हिजो। एकदम छटपटी भो मलाई। बिहान मैले हाम्रो फाँटवालालाई फोन गरें। पुनरावेदनको सदर भो भन्यो। पुनरावेदन के के भो भनेर फेरि सोधिनँ फेरि। रिटबाट मैले यसो भनेको थिएँ कि तपाइँकै भनाइअनुसार त्यो मोही निष्काशन भए ठीकै छ। नभए जग्गा बाँडफाँड नरमकरम गराएर जग्गा बाँडफाँड गर्नु भनेर लेखिदिए हुन्छ श्रीमान भनेर भनेको थिएँ। कुन मोहीबाट त्यो कुरा मिलेन। रिट आकर्षक देखिएन होला। त्यसैले त्यो खारेज गरिदिए। हुनेसम्म भए त उनीहरुलाई मैले भनेको थिएँ.....। अनुपलाई। पवनले त मानेन। पवन नयाँ मानिस हो। पवन ओझा चाहिं के। श्रीमान्लाई चाहिं मैले जे गर्नुपर्छ गर्छु भनेको थिएँ। टिपेको पनि थियो उसले। राजेश' बहस पनि राम्रो भएको थियो। बाबुराम' मलाई लाग्छ रिटबाट बोल्न नमिल्ने भएर होला। भोलि एकपटक सोध्छु। के लेखेको रहेछ? खारेज नै भनेपछि त सक्की हाल्यो। . . . . . . राजेश' के गर्ने सर? यस्तै हो? बाबुराम' यसो गर्नु पर्‍यो राजेशजी अब। के गर्नु पर्‍यो भने काम धेरै छन्। वास्तवमा सम्झँदा पनि बोर लाग्छ। सम्झ्यो भने हगि? तपाइँको अर्को एउटा काम छ नि? त्यो गर्दाखेरी पहिले सल्लाह गरेर हुन्छ हुन्छ, हुँदैन हुँदैन। पहिल्यै फालिदिनु पर्‍यो। राजेश' हुन्छ हुन्छ सर। बाबुराम' त्यो गरेपछि वास्तवमा काम गरेन भने न्यायाधीशलाई घाँटी समाउन सजिलो हुन्छ। राजेश' त्यो त हामीले कन्फर्म गर्नुपर्छ। बाबुराम' हो त्यो नगरी नहुँदो रहेछ के। यसमा त म एकदमै कन्फम थिएँ। अझै पनि फैसला मैले निकाल्न पाएको छैन। मैले ढिला गरिदिनुहोस् भनेको थिएँ। यता हाम्रो गिरिराज सरले पनि म एकदमै सहयोग गर्छु। तपाइँ चिन्ता नगर्नु भने। हाम्रो फोन भैरा'को छ। तपाइँले चिन्ता गर्नु त पर्दैन। तपाइँको अर्को काम छ नि? त्यो मुद्दामा पहिले एक दिन अगाडि खबर गर्नु। पहिले सल्लाह गर्नुपर्छ। राजेश' हुन्छ हुन्छ। त्यसलाई जसरी पनि हातमा पार्नुपर्छ। बाबुराम' त्यो कसो गर्नुपर्छ भने तपाइँ पनि सिरियस हुनुपर्‍यो अलिकति। अनि हामी बरु हुँदैन भन्यो भने त्यहाँबाट हटाइदिने। त्यो जहाँ पर्छ त्यहाँबाट हुँदैन भन्यो भने हटाइदिने। तर लगेर पहिले थमाउने गर्नु पर्‍यो। त्यो नगर्ने हो भने हुँदैन। पैसा नदिई हातमा नपरी ....पैसा हातमा परेन भने अँ यस्तो भयो भन्छन्, टारिदिन्छन्, पैसा हातमा समाएपछि काम गरेनन् भने त घाँटी समाउन सकिन्छ नि त? . . . . . . घरको विषयमा त म पनि सिरियस छु। तपाइँलाई पटक पटक गर्ने भनेर त्यसै धोका दिन मिल्दैन मैले। जसरी पनि जुनै पनि हालतमा अन्तिमसम्म तपाइँको फेभरमा हुने काम गर्छु। अहिलेसम्म फैसला आएको छैन। तपाइँ टेन्सन नलिनु। फैसला आएपछि मलाई सोधेर मात्र पठाउने। पठाएपछि मिलापत्र नभई त्यसलाई सुखै छैन। हाम्रो प्राइसमा उसले मिलापत्र गर्ने बनाएर गरौंला नि त त्यो। राजेश' हवस सर। बाबुराम' अब यसो गर्नु पर्‍यो। यस्ता काम पर्दाखेरि फोनबाट भन्दा पनि घरमै भेटेर सरसल्लाह गरेर जसकोमा पर्छ लगेर पैसा फाल्दिहाल्ने के। त्यो भएपछि त काम बिगे्र पछि ए भन्न पाउँदैनन् नि। अहिले त मैले श्रीमान भोलि भन्यो। यस्तो देखे, मैले सकिनँ है भनिदिन्छन्। सकिहाल्छ। त्यसैले त्यही अनुसार गरौंला है त? ••••• राजेश' हेलो बाबुराम सर बाबुराम' हेलो। राजेश' नमस्कार सर। बाबुराम' हजुर नमस्कार। राजेश'आज मैले अस्तिको आदेश सारें सर। हाम्रोमा धेरै राम्रो आधारहरु दिनुभएको रहेछ। बाबुराम' एकदमै राम्रो दिनुभएको छ। ढिला गरेको पनि कारण त्यही हो। उहाँलाई मैले घरै गएर भनेको थिएँ। मिलाएर लेखिदिन्छु भन्नुभएको थियो। राजेश' आधारहरु पनि धेरै राम्रो रहेछ सर। बाबुराम' तपाइँलाई धेरै राम्रो छ। तपाइँलाई दुई वटा प्वाइन्ट छ भयंकर पोजेटिभ छ। भोलि चाहिने फूल पेश हुँदा पनि तपाइँलाई सजिलो हुनेगरी लेखिदिनुभएको छ। . . . . . . राजेश' तपाइँले पहिले नै इन्फम गरिदिएको के सर। बाबुराम' ठीक छ। टाइमली भन्दा हुन्छ। केही छैन। मैले मिलाइदिन्छु नि। फूल वेञ्च, डबल वेञ्चमा पेश हुँदा पनि, म त्यही न्यायाधीशलाई भन्न लगाएर मिलाउन लगाउँछु सकभर। ••••• राजेश' हेलो सर नमस्कार। बाबुराम' नमस्ते। राजेश' हिजो हजुरले फोन गर्न भन्नुभएको थियो। बाबुराम' त्यही त। न हटाएको भए हुन्थ्यो हगि। हुन त उहाँले १७ गतेलाई गरिदिनुभएको छ। १७ गतेलाई पेश गर्नु भन्ने आदेश गरिदिनुभएको छ। भन्दै हुनुहुन्थ्यो कि मलाई पछि बोलाएर। राजेश' यसबाट हामीलाई केही अप्ठेरो त पर्दैन सर? बाबुराम' अप्ठ्यारो होइन। यसो हो। त्यो निवेदन त आखिरी आइतबार पेश हुन्थ्यो। अन्तरिम कन्टीन्यू गरेको भए। दुईचार महिना हटाउन पाइन्छ नि। पर्सि चाहिने वेञ्च हेरेर हटाउने वा के गर्ने वेञ्च हेरेर गर्नुपर्छ। राजेश' हुन्छ सर। अनि त्यसबाट लामो पेशी चढ्छ कि छोटै हुन्छ सर? बाबुराम' पर्सि त उस्तै पर्‍यो भने पर्सि टुङ्गिन सक्छ नि मुद्दा त। १७ गते नै टुङ्गिन्छ नि। फाइनल हुन्छ किनभने फाइनल हियरिङ्गको लागि तोकेकै हो। होइन? त्यो भएर पर्सि १७ गते नै तोकिन सक्छ। १६ कि १७ गते रे? राजेश' १७ गते। बाबुराम' त्यसै दिन सकिन सक्छ। किनभने उनीहरुको निवेदन पनि त्यही दिन पेश भो। हाम्रो रेगुलर पेशी पनि त्यही दिन छ। हैन? राम्रो वेञ्च हेरेर ऊ गर्नुपर्ला। हिजो नहटाउनु भएको भए हुन्थ्यो। राजेश' हिजो वकिलसापहरु भएन। मैले इन्द्र सरलाई पनि फोन गरेको थिएँ। उहाँको कन्ट्याक्ट भएन। विदुर सर प्रोग्राममा हुनुहुन्थ्यो। बाबुराम' तपाइँको निवेदन एसेप्ट गरेछन्? राजेश' एसेप्ट गरेको छैन सर। बाबुराम' उनीहरुको वकिल कहाँ गएको? राजेश' पहिले बहस गर्न आएको थियो। पछि आज नहुने भो भनेर पठाइदियो। बाबुराम' ठीकै छ। ठीकै छ। जे भयो भइहाल्यो। नहटाएको भए म हेरिदिन्थें। ठीकै छ नि। मान्छे त अप्ठ्यारा अप्ठ्यारा थिए शारदा तर मैले कन्भिन्स गराएको थिए के। श्रीमान ओ हो, अर्काको घरबार लिलाम गर्ने काम गर्नुहुँदैन। हो हो मोराहरु पापी छन् भन्दैथिए। कन्भिन्स हुनुहुन्थ्यो। तर टुङ्गाएको भए राम्रै हुन्थ्यो। ठीकै छ। अब भइहाल्यो। राजेश' १७ गते यस्तै पर्‍यो भने हटाउने हो कि? बाबुराम' फाइनल हियरिङ्ग भएको हुनाले अँ फाइनल हियरिङ्गमा त पैसा तलमाथि पर्न सक्छ। रिट जारी भयो भने त भएको भयै हुन्छ। रिट जारी भयो भने पर्वाह नगर्नुहोला। म आफ्नो हिसाबले ऊ गर्छु। १६ गते हामी भेट्छौं बिहान। सरसल्लाह गरेर २, ३ वटा वेञ्च वाहेक है? सल्लाह गरौंला। राजेश' अनि त्यसका लागि मैले तयारी गरिराखौं सर? बाबुराम' तयारी चाहिं गरिराख्नु पर्‍यो नि। किनभने फाइनल हियरिङ्ग हो। सकिएपछि त सकियो नि। फ्याट्ट निर्णय गरिदियो भने त सिरियस हुनु पर्‍यो नि। ••••• राजेश' हेलो सर नमस्कार। बाबुराम' राजेशजी राजेश' नास्ता भयो तपाइँको? बाबुराम' अँ भयो। राजेश' यो चन्द्रप्रसाद पराजुली र राजेन्द्रकुमार भण्डारी श्रीमानले गर्नुभएको। बाबुराम' ए हजुर मैले बुझें। पर्सि बिहान मकहाँ निस्कनु न। राजेश' पर्सि यसो खर्चपर्च भयो भने निस्कन्छु। बाबुराम' हवस् ल पर्सि निस्कनुहोला नि त। है त? पर्सि बिहान कुरा गरौंला। राखिदिउँ? राजेश' हवस् सर। ••••• राजेश' हेलो। बाबुराम सर नमस्कार। बाबुराम' हेला नमस्कार। राजेश' सर यसमा आदेश आएको छैन। किन होला सर? बाबुराम' ए... मैले अस्ति बिहान गएर भेटेको थिएँ बूढालाई। आदेश तल झारिदिन्छु भन्नुभएको थियो। टाइपसाइप गर्न उ भएर होला। म आज फलो गरिदिन्छु नि त। उहाँले शायद आज झर्ला लेखिदिएको छु भन्नुहुन्थ्यो। अस्ति बिहान म उहाँको घरमै गएको थिएँ। पोजेटिभ्ली लेखिदिएको छु। लिखित जवाफ नपरेसम्म भन्ने भएको छ। एक/दुई दिन नझरेकै ठीक छ नि। हैन र? राजेश' हुन्छ सर। अरुको आइसक्यो। हाम्रो अझै नआउँदा डर लागेको थियो। त्यही भएर। . . . . . . बाबुराम' सर्वोच्चबाट हुनुपर्ने सहयोग म गरिहाल्छु। तपाइँ नआत्तिनुस् न है? राजेश' हवस्। बाबुराम' केही पर्‍यो भने मकहाँ आए हुन्छ सीधै। राजेश' हवस् सर। ••••• राजेश' हेलो बाबुराम सर नमस्कार बाबुराम' नमस्ते। राजेश' सर मलाई पर्सिको लागि अलिकति पैसा आवश्यक परेको थियो सर। त्यसैले... बाबुराम' भोलि छाडी पर्सिलाई? ऐ .... तपाइँले केही भन्नुभएन। अस्ति मात्र एकजनालाई दिएँ। काम छ भनेर निकालेको थिएँ। तपाइँले नभनेपछि मैले अर्कैलाई दिएँ। कति पूरै चाहिने? राजेश' खास त मलाई पूरै चाहिने हो सर। मैले एउटा जग्गा लिन ला'थँे। त्यसको लागि। बाबुराम' जग्गा किन्न लाग्नुभएको? विवादसिवाद आउने चाहिं न किन्नुस् है। राजेश' मुद्दा पर्ने त अब नलिने सर। चेत खाइसकें। बाबुराम' अलिकति पैसा त मैले काठमाडौं जिल्ला अदालतमा लगेर दिएको थिएँ। म कोशिश गर्छु। केही गरी भएन भने आधाआधी भए पनि। म उ गर्छु है? राजेश' हुन्छ सर। बाबुराम' फेरि मिलाउँला नि के भो र? अरु के छ हालखबर? राजेश' अनि त्यो हाम्रो लक्ष्मी शाक्यवाला जग्गा छ नि। त्यसको विषयमा हजुरलाई हप्ता दिन अगाडि नै बाबुराम' अँ पहिल्यै गएर। यस/नो, हुन्छ/हुँदैन। पहिल्यै फिक्स गरेर हुँदैन भनेदेखि हटाउन लगाएर त्यसरी गर्नु पर्‍यो के। नत्र इजी हुँदो रहेनछ। मैले सोधे श्रीमान् किन त्यसो गर्दिसिया होला बरु एउटा आदेश गरेर हटाइदिएको भए हुन्थ्यो भनें। मैले ठाउँ नै देखिन बाबु भनेर त्यसरी पन्छन खोज्छन् के। त्यो नभएपछि। हुन त उताबाट उनीहरुको प्रभावमा परेर होइन कि। ठाउँ देखिन भने बोल्ने बाटै हुँदैन। पहिले लगेर दिएको भए किन यसो गरेको भनेर भन्ने कुरा हुन्थ्यो। पाठ पनि सिकियो के यसबाट। (टेलिफोन वार्ताको रेकर्ड www.himalkhabar.com मा सुन्न सकिन्छ।)
Read Full Discussion Thread for this article