Posted by: chanaa_tarkaari August 22, 2007
Corruption in Supremecourt
Login in to Rate this Post:     0       ?        
कस्तो अचम्म ? एउटा नेपालीले आफ्नै बलबुतामा भ्रष्टाचारीलाइ नाङ्गेझार पार्ने दुस्साहस गर्छ र बदलामा भ्रष्टाचारीहरुले उनैलाइ न्यायालय परिसरमा पाइला टेक्न समेत प्रतिबन्ध लगाउने निर्णय गर्छ । अनि देशको माया गर्नेहरु, देशको विकृतिको बिरुद्ध आगो ओकल्छु भन्नेहरु सबै चुपचाप उक्त निहत्था नेपालीमाथि थोपरिएको यो निर्लज्ज कारवाहिको बिरुद्ध चुँ सम्म बोल्दैनन । किन कि उनी कुनै राजनीतिक पार्टीका झण्डाधारी हैनन । उनी कुनै डलर खेति गर्ने संस्थाका प्रायोजित कर्मचारी हैनन । उनी कुनै धनीमानि वा ब्यापार ब्यवसायका हर्ताकर्ता हैनन । उनी कुनै लब्धप्रतिष्ठीत बुद्धिजिवि हैनन । उनी कुनै बिदेशी डिग्रीधारी हैनन । उनी कुनै बादका प्रचारक हैनन । उनी कुनै नेताका तलुवाचटुवा हैनन । उनी कुनै प्रतिष्ठीत ब्यक्तिका आफन्त हैनन । उनी कुनै वाइसियल, तरुणदल, युवा संघ वा भोलुण्टियरका कार्यकर्ता हैनन । उनी कुनै हिन्दु, बुद्ध, मुस्लीम वा क्रिश्चियन धर्मका प्रचारक हैनन । वाह!!!!!! क्या तारीफ गर्न लायक नेपाली समाज, जहाँ न्यायालयले गरेको घोर अन्याय बिरुद्ध कोहि पनि चुँइक्क बोल्न समेत जरुरत ठान्दैनन । छि , हाssssssssssक थुइक्क्क ।
Read Full Discussion Thread for this article