Posted by: SurNaTal August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हैन के चाल् पर्या हो आज यो गाम्मा। मरेनी म त! एसो एक् बिहान् आँखा झिम्क्याएको त गाम् भरिका भुरा भुरी, तरुना तन्नेरि, बुढा बुढी, हजुर्बा हजुरामा सब् का सब् अड्डा जमाएर हल्ला खल्ला गरिबसेका। हैन कत्ती गफाडी भएका हुन् गाम्लेहरु। कसैले स्कुल् लाग्यो रे, कोहि प्रौढ सिक्ष्या, कसैको साहुकोमा काम्, सब् गफै हो कि क्याहो, चौतरो मा ओइरिने बाहेक् त "ओरको सिन्को पर" सारेको झै मान्दिन भन्छु र। अब यो सब् हल्ला कसरि पढिभ्याउने मुइले। अब सबैको नाम् लिन नि दिन्भर् लाग्ला झै भो, सबैलाई नमस्ते गरेँ, दुबै हात् जोडेर, टाउको माथी पुर्याएँ। बरु धेरै दिनमा पाल्नु भएकी टाएरा भगवती लाई भने छुट्टै दर्सन् गरेँ है। रक्छे गरे!
Read Full Discussion Thread for this article