Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हरे तित्तौलु, तिमिले हल्ला गरेउ भन्या होइन बा! तिमि आएसि सपै मजाले गफ गर्न ससर्किन्छन भनेओ नि। हे हे हे हाउरि नातिनी नहुँदा सुन्ने हुन्छ गाँठे चौतारी। सधैँ नातिनी सानि रहिरहन्न पछि ठुलि भएर पराइको घर गएसि क्यार्नि होला नारन! अन्तरेले कुरो ल्याओ ल्याम्न चाइँ, हेरि तो भन्दा अलि सजिलो र नाम थाहा पाउन सजिलो खोलाहरु संघ सम्बन्धित प्रश्नहरु- १) हेटौँडा कुन नदिको किनारमा छ? २)दमौलीमा कुन खोलाको पुल हो जुन तरेर पोखरा गइन्छ? ३)धरान बाट धनकुटा जाँदा बाटोमा एउटा ठुलो नदिको पुल आउँछ भन्नुहोस त्यो नदिको नाम के हो? ४)सबैजना काठमान्डु बाट पिकनिक जाने गल्छिमा त्रिशूलीमा कुन खोला मिसिएको छ? ५)काकषभिट्टालाई भारतको पानिट्याङ्कि संग छुट्ट्याउने खोलाको नाम के हो? सहि उत्तर दिनेलाई त्रिशूलीको एक सिल असला माछा पुरस्कार!
Read Full Discussion Thread for this article