Posted by: Nepe August 19, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
शिरीष, भउते, मिस, हौसलाबर्धक र उपयोगी टिप्पणीका लागि कृतज्ञता है । *** *** *** *** *** *** *** *** शिरीष, स्वतन्त्र र निर्दलिय सक्रियतावादको सन्दर्भिकता, शक्ति र महत्व लगातार घट्दै गईरहेको, खास गरेर समानुपातिक निर्वाचन प्रणालीको अवलम्बन् पश्चात, अवस्थामा एउटा न एउटा भिंडमा सामेल हुनुपर्ने कुरो विवशता हाम्रो नयाँ राजनैतिक यथार्थ बन्दैछ । त्यो सम्म हामीले थेगौंला तर त्रासदी चाही के भने हामीले "सबभन्दा गतिलो" छान्न त कता हो कता "सबभन्दा कम दूर्गतिलो" पनि छान्न हम्मे पर्ने भद्रगोल निकै समयसम्म झेलिरहनु पर्ला जस्तो छ । अनि त्यो "रोटीको टुक्रो" वाला शेरलाई पुनर्लेखन गर्नुपर्ने चही मलाइ पनि चाही लागेकै हो । जे भएपनि Slices of the pie versus size of the pie बाट प्रेरित छ त्यो । सम्पन्नता बिनाको समानता केवल symbolic मात्र रहन जाने वास्तविकताप्रति मेरो संकेत भन्नुप-यो । *** *** *** *** *** *** *** *** मिसनानी, एउटा घटना सुनाम् है। यो गजलको आरम्भिक शेरहरु मैले मेरो साथीहरुको एउटा जमघटमा सुनाउने मौका पाएको थिएँ । One friend could relate it to his personal tragedy and was so blown away by it and the other friend found it inappropriate for that particular get-together for the same reason. I think that's the beauty of poetry. The language of symbols and metaphors used in it leaves a large room for different interpretations and connections. गजल प्रति मेरो अधिक आकर्षणको एउटा कारण यो पनि हो । Nepe
Read Full Discussion Thread for this article