Posted by: KoolGuy August 19, 2007
अनैतिक काम गर्ने २ जना नेपाली साउथ कोरियामा पक्राउ
Login in to Rate this Post:     0       ?        
दक्षिण कोरियाको पुसान हेउन्दे प्रहरी कार्यलयले हेउन्देको समुन्द्री किनारमा पानीमा खेली रहेको स्त्रीहरु माथि अनैतिक कार्य गरेको अभियोगमा प्रशिक्षण भिसामा आएका एल.तिवारी र आर.जिसी नामक नेपालीलाई पक्राउ गरेको बताएको छ । प्रहरीका अनुसार निज दर्ुइ व्यक्तिले गत ६ तारिखको दिन हेउन्देको समुन्द्री किनार घुम्न आई पानीमा खेली रहेको स्त्रीहरुको संवेदनशील अंगमा पक्रने जस्ता अनैतिक कार्य गरेको बताएको छ । साथै प्रहरीले गरेको अनुसन्धान अनुसार ती दर्ुइ अन्य साथीहरुसंग मादक पदार्थ सेवन गरेकोे र नेपालमा स्वीमिङ्ग पोशाक लगाएको स्त्री नदेखिने भएकोले उत्तेजित भएर त्यस्तो अपराघ गरेको बयान दिएको बताएको छ । कंम्पनी मालिकको जमानत कोरियाको नियम अनुसार जरिवाना तिरेर छोडन सकने तर के कत्ति जरिवाना तिर्ने भन्ने विषयमा अझ निर्ण्र्ाानभएको प्रहरीले बताएको छ ।
Read Full Discussion Thread for this article