Posted by: gwanche August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हत्तेरि सान बुढाले के गरेको यस्तो दुइ मिनेट भा छैन, your session expired ..... के के जाति आयो। न पोस्ट भैसक्यो कि, फेरि अघि लेखेको कुरा है, डबल पोस्ट भे सरि, कसैले बार डायग्राम बनाउने भे १ माइनस गर्दिनु, क्यार्ने! चौतरिको ७० औं पाइलामा सबैलाई जदौ। नया के भन्नु छिर्दा सम्म त पुरानो भैसकेछ, तैपनि चित्रे काकालाइ धन्यबाद, बुढा जति उमेर ढल्दै गयो उति जिम्मेवारि बहन गर्न सक्ने भएछन, धमाधम चौतारिको जग खनिहाल्छन। चित्रे काकाको झरेको दाँत फेरि सप्पै उम्रियुन, जुस मात्रै खाने बुढा बोक्रा समेतको उखु र हड्डि समेतको भेडा चपाउन सक्ने हुन, यसपालि यहि आसिस! म पनि बुढो भएछु गाँठे, ठ्याक्कै ५० पाइला सँगै हिंडिएछ ऐलेसम्म, नियमित रुपमा २० औँ भागदेखी चौतारी धाउन थालेको। अझै धेरै पाइलाहरुमा गाम्लेहरुको साथ रहनुछ, उमेर ढल्दै गए नि जोस कायमै रहोस। आजलाइ यत्ति, विकएण्डाँ आउन सकियेला जस्तो छैन, सोमबार भेटुम्ला, दुइ दिनको बिदा स्विक्रीत (kri कसरि लेख्ने हो) गराइपाम्! रुक स्याक प्याक गर्नु परो, तारेमाम्!
Read Full Discussion Thread for this article