Posted by: Birkhe_Maila August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
मदनवा एक दिन दिल्लि गएछ। बिचरा जिन्दगीको लाइफमा फस्ट टाइम दिल्लि गएको, सुरसार केहि पाएनछ। अलि अलि शुद्ध हिन्दि बोल्न जानेको बजियाले देहाति टोनमा, साह्रै ट्वाइलेट जान मन लागेछ बस बाट ओर्लिएपछि। अनि नेपालाँ देखेको शहरतिर जस्तो रेस्टुरेन्ट, होटल तिर ट्वाइलेट होला भन्ठानेर एउटा दिल्लिबासिलाई सोधेछ- " भाइसाहभ इधर लघुशंका करनेका होटल किधर है? दिल्लिको भाइसाहबले मदनवालाई शिर देखि पाउ सम्म हेरेर भनेछ- " लघुशंका करनेका होटल नहिँ संडास होता है" यति भनेर उसले मदनवालाई ट्वाइलेट देखाइदिएछ। ट्वाइलेट बाट फर्केपछि मदनवाले फेरि त्यहि मान्छेलाई देखेछ र यसपालि सोधेछ- " भाइसाहब इधर खाना खानेका संडास किधर है?
Read Full Discussion Thread for this article