Posted by: everything August 16, 2007
मैले भाँडा माझेर पढेको हुँ :महाविर
Login in to Rate this Post:     0       ?        
महावीरलाई आफ्नै गाउँमा सम्मान:- August 13th, 2007 एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि, अगष्ट १३ - रामोन म्यागासेसे अवार्डद्वारा पुरस्कृत म्याग्दीका महावीर पुनलाई उनी जन्मिएकै गाउँमा अभिनन्दन गरिएको छ। जिल्लाको राम्चे गाविस नागीमा जन्मेका महावीरलाई हिमाञ्चल उच्च मावि नागीले अभिनन्दन गरेको हो। पुरस्कृत पुनलाई राम्चे गाविसका वयोवृद्धद्वय ८७ वर्षीया मनु फगामी र ८६ वर्षीया मनु पूर्जाले फूलमाला र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रम पुनले आफूले कुनै पुरस्कार र सम्मानको आशाले सेवा नगरी देश र आफ्नो थलोको विकास गर्नका लागि काम गरिरहेको बताउँदै अझ धेरै काम गर्न बाँकी छ भन्नुभयो । अन्तर्राष्ट्रिय म्यागसेसे पुरस्कार विजेता महावीर पुन सम्मानित:- एचकेनेपाल डट कम काठमाडौँ सम्वाददाता, अगष्ट 4 - नेपाल मगर विद्यार्थी संघ नेपालले शनिवार एक समारोहबीच महावीर पुनलाई सम्मान गरेको छ। मगर परम्परा अनुसार सेतो फेटा गुथाएर पुनलाई सम्मान गर्दै उनले शुरू गरेको ताररहित कम्प्यूटर प्रणालीको स्थापना र विकासको लागि सराहना गरेको छ। हालै अन्तर्राष्ट्रिय म्यागसेसे पुरस्कार पाउने व्यक्तित्वका रूपमा घोषित पुनलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। सोही कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बराल मगर र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यसचिव लोकबहादुर थापा मगरलाई पनि संघले सम्मान गरेको छ। अन्तर्राष्ट्रिय म्यागसेसे पुरस्कार पाउने पुरस्कार पाउँदा पनि खुसी छैनन् महावीर:- एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि, अगष्ट 2 - आफूले अन्तर्राष्ट्रिय म्यागसेसे पुरस्कार पाउने घोषणा भएपनि पत्रकारहरूसँग भेट हुँदा महावीर पुन त्यति धेरै खुसी देखिनुभएको छैन। नेपालका गाउँ गाउँमा इमेल र इन्टरनेट आवश्यक रहेको बताउनुहुने पुनले आज चितवनको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पुरस्कार पाएर आफू धेरै खुशी हुन नसकेको बताउँदै भन्नुभयो- “म पुरस्कार पाउँदा खुशी हुने र नपाउँदा खुशी नहुने गर्दिन । पुरस्कार पाउँछु भनेर अहिलेसम्म मैले कहिल्यै काम गरिन ।” म्याग्दी जिल्लाको विकट गाउँ नागीमा ताररहित कम्प्यूटर प्रणालीको स्थापना र विकास गरेवापत सामुदायिक नेतृत्व विधामा महावीरले ५० हजार अमेरिकी डलर राशीको म्यागसेसे पुरस्कार पाउनुभएको हो । पत्रकारसामु पुनले नेपालमा केही गर्न सकिने क्षेत्र प्रशस्त भएको बताउँदै भन्नुभयो - “नयाँ पुस्ताले आफ्नो रुचिको क्षेत्रमा राम्रो काम गरेर देखाउनुपर्दछ ।”
Read Full Discussion Thread for this article