Posted by: Rahuldai August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हाअहाहाहा, चिप्ले, भन्नाले उस्ता उस्तै रहेछौं हामी। चिलिम र फिलिम दुबैको चस्का इलाहाबाद बाट लागेको हो। गंगा जमुना सरश्वतिको संगम, नदी किनार। जाँचको टेन्सन, टेन्सनलाई दर किनार लगाउदै चिलिम र फिलिम। हफ्तामा औसतमा ४ फिलिम हेरिन्थ्यो। कुनै हफ्ता त १२ ओटा सम्म हेरियो होला। त्यहि भएर त अहिले बुढेसकालमा पाउनु दुख पाइराख्या छु। किलास न गै गिलास भरि चिया अनि हातमा धूप, खूब मस्ति गरियो। अहिले सास्ति खाइयो। त्यति बेला ज्ञानी भएर ध्यान दिएर ज्ञान लिएको भए पो? मधिसे थर्कमान हुन्थे ठुल्दाइ र अर्को साथी हर्क मान् देखे पछि। "किलास नहीं जाने क्या" भने सि टाप कस्थ्यो। अहिले हाम्रो देशमा हम्रै जनताले मधेश छोड्ने धम्कि दिन्छ, "जमाना रंग बदल्न्छ" देबकोटा बाजेले चिलिमको सूरमा झूर् भनेको होइन रैछ।
Read Full Discussion Thread for this article