Posted by: Deep August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
भाकल र तेस्को फल भाकल र तेस्को फल भाकल बांगेले गर्यो फल चै ज्यानमा लाग्ने गरी मैले नी पाएँ एक चोटी --ल्यान्डरोबर चढे देखि नै फलको बारेमा संका हरायो। एका ब्यानै आयो बाङ्गे र हिन जाउँ मनकामना भन्यो। “किन?” भन्या भाकल पुग्यो रे उस्को भन्छ। “के भाकल?” भनेर सोध्या “अब त्यो त मनकामनाको पुजा नगरी भन्न मिल्दैन” रे अनि फेरी थप्यो “यस्सै नी थहा पाइहाल्छस् नी मैले भने नी नभने नी”। “एक छिन् सोचेँ के भाकल हुन सक्छ बाङ्ग्या तेस्तो मलाइ थाह नभा---त्यो पनि लोकल् देवि देउता छ्यास्छ्यासती हुदा हुदै लङ्ग् डिस्ट्यान्स भाक्नु पर्ने?” फेरी “जे सुकै होस्” भन्दै सोच बिसाएँ। अब जान त जाने तर कसरी? मनकामना जाने हुन त चलननै थ्यो --- हाम्रो टोलाँ मन्दीर् पछाडी सु नगर्ने र मनकामना नजाने केटाहरुको संख्या उस्तै उस्तै थ्यो होला --- थोरै। कोटाल टोलको सर्सोतीथान समझिदै छु ऐले --- मन्दीर अगाडी भक्तहरुको ताँती पछडी तिनै भक्त नाना भाँती गर्दिनी --- अगाडीको धुपको बास्नामा रमाएर सर्सोति स्तोत्र सङ्गै टीका लाएर पर्साद खाँदै कोइ मन्दीर पछाडी पुग्यो भने त्यो अघि खाको पर्साद र ब्यान खाको च्या पाउरोटी तीँ मन्दीर पछाडी छ्याल ब्याल पारेर आउने सम्भावना बलियो हुन्थ्यो। मन्दीर सङ्ग केहि भक्तहरुको तेस्तो सम्बन्ध थ्यो हाम्रो टोलाँ--- अगाडी एउटा पछाडी अर्कै। अब तेति बेला केबल कार चली सक्या थेन एक दिनमा पुगेर आउन नसिकिने --अनि सोध्ने के भनेर घरमा? मुस्किल् पर्यो। पैसा को त बङ्गेले जाम भने सि पिर् थे न — तर बाङ्गेले जुन् हिसाबले नाम चलाथ्यो टोल छिमेकमा त्यो हिसाबले गर्दा घराँ म बाङ्गे सङ जाने भन्नु “पर्दैन” सुन्नु थ्यो। “के भन्नी नि घराँ बाङ्गे?” सोधेँ। किन सोध्नु पर्यो? सोधे सि हुन्न भन्छन् नसोध्यो ढुक्कै --- गा गै गर्न मर्न जानला हैन – भोलि फर्केर आउने हो क्यारे --- पर्साद ल्याएर दिएसि – नाइ नास्ति गर्न सक्दैनन् –चुइँक्क पर्छन -- बुझिनस्? सोधाइमा उस्ले कुरो सक्यो। “हिन ट्वाक र सुपारीलाइ नी भनम्” भन्यो उसैले र गा बोलाउन दुइटै भाते सङ्ग भेट भएन। यस्तो भाग्गेमा नहुनी अभागीहरुलाइ पर्खि रहने समय छैन सुनायो बाङ्गेले-- भगवती थान् नेर बाङ्गेको घरमा बस्या केटो सङ्ग भेट भो – केटोले छक्क पर्या जसरी हेर्यो हाम्लाइ र बाङ्गे तिर हेर्दै भन्यो “दाइलाइ त घराँ खोजि रनु भा छ” घराँ छैन भन्ने थहा पाएसी के खानलाइ खोजि रा रे त घराँ? बाङ्गेले अलि झर्किदै भन्यो --- हामी अघि बढिम केटो तेईँ अझै छक्क परेर उभि रा थ्यो। ठुलो पोखरी बाट टङ्गाल पुगेर ट्याक्सि चढियो --- बिजुली अफिस् पछिको बस् पारकमा ओर्लिइयो, अनि एक छिन् कुरेर पोखरा जाने बसाँ हुइँकिइयो। बसाँ सिटको टिकस काटेर डाइवर् सङ्गै इन्जिनलाइ छोपेर मोर्या आसनमा बसियो अनि गुरुजी संग गफ गर्दै लागियो बाटो हिन्दी गीत सुन्दै। चिया नास्ता गर्दै नारनघाट पुग्दा तिन बजिसक्या थ्यो---खैरेनिमा ओर्लिदा त दिन गै हाल्यो तेसपछि रमाइलो गर्दै साँझ र रात बिताइयो भनम न। भोलि पल्ट पुजा पछि मैले सोधेँ बाङ्गेलाई अनि के त तेरो भाकल? “भाकल त अब यै त हो नि” उस्ले भन्यो। मैले बुझिन। “तिन से जत्ति मात्रै झ्याप हान्न पाए नी आउथे तिम्रो दर्शन गर्न जै मनकामना भन्या थेँ है – अस्ति त त्यो जनकपुरको ठेकेदार आएछ घराँ बाउलाइ खाम दिन --- अन्त झ्याप हान्न हान्न परेसि भनेर चार् हान्देँ” उस्ले गर्ब सङ भन्यो। “बाउले थाह पायो भने तेरो?” बाङ्ग्या बाउले एक् चोटी मेरो घराँ आएर मैले बाङ्ग्या बानी उकासेँ रे भन्थ्यो – मलाइ निक्कै घुर्या थे के घरमा – तेसैले अलिकति पिर लाग्यो मलाइ बाङ्गेले चार् चार् से जै नारान गरेको मा --- “बाउ त छैन घराँ कता हो टुराँ गा छ --- --दराजाँ राखे मेरा आँखा पर्लान भनेर होला आमाले डस्ना मुनि घुसा थिन --- अब मलाइ झुक्क्याएर नी हुन्थ्यो के त---?“ कुटील मुस्कान ल्यायो बाङ्गेले अनुहारमा। “हैन तैँले अनि सबै उडाए सि ----“ बोल्दै थेँ उस्ले कुरा काट्यो। “काँ सबै उडाउनी मैले? टन्नै छ गाँठ खाम मा अझै – कुस्त ल्याएर द्या रे छ --- पैले पैले नि झिकेकै हो --- तँलाइ थाहै छ नि --- खै हत्तपत्त थाह पाउंदैनन्” भन्यो। “अस्ति नै चै के गर्या नी?” मैले उस्लाइ बाउले बाँधेर दनक द्या सम्झाएँ। “कैले काँइ त अब ---“भनेर कुरो सक्कायो। टन्न मासु भात् ज्यानाँ पोसेर ओरालो लागिम् खैरेनी तिर --- अब घराँ के गर्नी हुन भन्ने डरले मेरो मनमा घर बनाउदै थ्यो --- पर्साद त बोक्या थ्यो दिन भनेर तेइ नि सोध्या भे हुन्छ भन्थे कि झै गरी “एक् बचन सोधेर गा भे ---“ भन्दै उफ्रिन्छन् भन्ने पक्का थ्यो। बाङ्गेलाइ त केइ न केइ – “दीप ले त्याँ गजुरी ब्यारेक सम्म काका लाइ भेटेर आउनी हिन भन्यो भरे त मनकामना पुर्याइदिरा भन्या ---जान्न भन्द भन्दै --तेइ नि पर्साद चाइ ल्याएँ “ भन्दिन्थ्यो पैसा चोर्या घराँ थाह पा रैन्छन भने---थाह पा भे त केइ भनि रहनु पर्दैन थ्यो उस्ले--- जे गर्ने भन्नी हो उनेरुले नै गर्थे --- खैरेनीमा बस कुर्दा कुर्दै एउटा ल्यान्डरोवर आएर रोकियो। यत्रो जुङा पाल्या बाङ्या बाउ त अगाडीको सिटाँ ---“
Read Full Discussion Thread for this article