Posted by: Birkhe_Maila August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
दर्शकहरु लामो प्रतिक्षाको घडि समाप्त भैसकेको छ! एक पटक हामि फेरि आएका छौँ क्लोजअप चौतारी तारारमपम अन्तरवार्ता द्वितिय लिएर! चौतारीका यस्ता दुईजनालाई हामिले आज स्टुडियोमा निम्त्याएका छौँ जो बिना चौतारी नुन नहालेको तरकारि जस्तो वा चिनि नहालेको चिया जस्तो वा लाटिको म्वाइ खाए जस्तो खल्लो हुन्छ। हजूर, यहाँहरुले ठिक गेस गर्नुभयो, चौतारिकै खुङखार मोडल द्वय अझ पक्का नेपालीमा भन्नु पर्दा चौतारीकै धुरन्धर दुईजना नमुनाहरुलाई हामिले आज बोलाएका छौँ। वहाँहरु कहिले एक आपसमा अजात शत्रु जस्तो बन्नुहुन्छ त कहिले सहोदर दाजु भाइ जस्तो, कहिले एक अर्कालाई छिर्के हानेर आनन्द लिनुहुन्छ त कहिलेकाहि एक अर्काको बुई चढेर साथ दिनुहुन्छ। वहाँहरु हुनुहुन्छ…………. …………. वहाँहरु को हुनुहुन्छ हामि एकैछिनको कमर्शियल ब्रेक पछि भन्ने छौँ। त्यतिन्जेल सम्म यहाँहरुले गेस गरेर उत्तर पठाउनु होला। सहि उत्तर पठाउने श्रोताहरुबिच गोला प्रथा द्वारा पुरस्कार वितरण गरिने छ। जित्नुहुने महानुभावले पाउनुहुनेछ क्लोज अप रेड धमाकाको एक ठुलो ट्युब र त्यसमा २ बर्ष सम्मको रिफिल, साथै श्रेष्ठ टेलरिङ बागबजारको तर्फबाट एक सत्यजुगि दौरा सुरुवालको एन्टिक पिस, यसका साथै २ जनाको लागि कृष्णभिर यातायात डुबान तथा खसान व्यवस्थापन समितीका तर्फबाट काठमान्डौ- कृष्णभिर- काठमान्डौको रिटर्न बस टिकट! ………………. …………………. के तिमि क्लोजअप गर्दछौ या दुनिया संग लड्दछौ क्लोजअप किन गर्दछौ टुँssssssssssssssssss………
Read Full Discussion Thread for this article