Posted by: mansion August 15, 2007
मेरो देश
Login in to Rate this Post:     0       ?        
हेर मेरो देश को आज बलात्कार भएको छ चारै दिशा बाट, कयौ हाथ हरु ले, अङ अङ , लुछि रहेछन् उजाड मा उजड्दियेको, रुख झै, मेरो देश आज, नाग्गो भएको छ आफ्नै आसु र रगत मा भिजेर, मेरो देश आज बिलिन भएको छ हिजो सम्म आफ्नो काख मा, चिसो मुहान खेलाउने , मेरो देश आज अँफै, सान्ति को प्यास मा छत्पत्टी रहेछ सालौ देखी ,सुनौलो नयाँ बिहानि को आसा मा रहेको, मेरो देश आज हरेक दिन, कालो बादल ले घेरिएकोछ कुनै बेला, "नेपाल आमा" भनेर , सम्भोदित मेरो देश आज आफै , आमा बिहिन टुहुरो भएको छ र म , कही पर बाट, मेरो देश को बलात्कार हेरी रहेको छु अजै नामर्द झै,आखा चिम्लि, म आफ्नै सपना र स्वार्थ को खोजी मा, हासी हिंडेको छु अब त, "मेरो देश" भन्ने पनि , खाली शब्द मा सिमित रहेको छ रोएको मेरो देश, आफ्नै आसु पुषन पनि लाचार भएको छ ल हेर मेरो देश, अब त आफ्नै सन्तान बाट पनि, तर्सिन्छिन ल हेर तिम्रो देश आज आफ्नै सन्तान बाट, बलात्‍कृत, भएकी ]छिन
Read Full Discussion Thread for this article