Posted by: grishma August 15, 2007
what the hell woman can do...
Login in to Rate this Post:     0       ?        
केही वर्षयता मेरा श्रीमान् विदेशमा हुनुहुन्छ । दुई छोरीसँग म घरमा बस्छु । केही दिनयता एउटा छिमेकी पुरुष मेरो सम्पर्कमा आयो । हामीबीच रमाइलो वार्तालाप हुँदाहुँदै यौनसम्पर्क हुन गयो । त्यसपछि हामीबीच सम्पर्कको क्रम बढ्दै गयो । केही दिनयता मलाई थाहा भयो त्यो युवक ड्रग एडिक्ट रहेछ । उसले मलाई पैसाका लागि धम्क्याउने, पिट्ने तथा यातनापूर्ण तरिकाबाट यौनतृष्णा मेट्ने कार्य गर्न थालेको छ । कहिले म आफन्तकहाँ लुक्छु । झ्याल-ढोका बन्द गरेर बस्दा पनि झ्याल फुटाएर भित्र पस्छ । छिमेकीहरू सबैले मेरो गल्ती देखाएर मलाई घृणा गर्न थालेका छन् । ऊ मेरा छोरीहरूकै अगाडि मसँग अभद्र तरिकाबाट प्रस्तुत हुन्छ । मैले यो दानवबाट कसरी छुटकारा पाउन सक्छु ? मेरो समस्यालाई बुझी उपयुक्त सुझाव दिए आभारी हुने थिएँ । एस तपाईंको भविष्य तपाईंले चाल्ने सकारात्मक कदमले निर्धारण गर्छ । अहिलेसम्म तपाईंले जेजस्तो क्रियाकलाप गर्नुभयो त्यो कति हदसम्म गलत रहेछ भनेर सायद तपाईंले मनन गरसिक्नुभयो । श्रीमान्को अनुपस्थितिमा गैरव्यक्तिलाई आफ्नो मनमा स्थान दिनु नै ठूलो भूल थियो । तपाईंको मानसिक पीडालाई म बुझ्छु । नशालु पदार्थ दुव्र्यसनीलाई लाज, घिन, डर, समाज एवं कानुनको परििधले छुँदैन । अब तपाईंले आफै सतर्क हुने तथा उपुयक्त निर्णय लिनुपर्ने हुन्छ । सबैभन्दा पहिले श्रीमान्लाई बोलाउनुहोस् । आफू असुरक्षित भएको कारण देखाई सपरविार सँगै बस्न अनुरोध गर्नुहोस् । तपाईंको घर भाडामा दिएर वा बेचेर टाढा गएर बस्नुहोस् । छिमेकीले तपाईंलाई सहयोग गर्न सक्थे तर तपाईंप्रति नकारात्मक सोच बनाइसकेको एवं घृणा विकास गरसिकेको अवस्थामा तपाईंले त्यो सहयोग पाउन सक्नुहुन्न । कसैलाई थाहै नदिई कतै टाढा गएर बस्नुभयो भने तपाईंको परविारको भविष्य सुरक्षित हुनसक्छ । आत्मबल बलियो बनाउनुहोस् । भावनामा नबहकिनुहोस् । विचार गरेर मात्र कुनै कदम चाल्नुहोस् । हामी तपाईंको सुखद् भविष्यको कामना गर्दछौं । what do you guys think shud she be punished or praised?
Read Full Discussion Thread for this article