Posted by: Rahuldai August 14, 2007
भूतेश्वर महादेबको कथा
Login in to Rate this Post:     0       ?        
धन्यबाद isolated freak जी, तपाईंकै सुझावलाई शिरोधार्य गरी कुराकानीमा यो भूतेश्वर महादेब राखेको हुं। जामन: गुभाजु, हो तपाईले भने जस्तै हरेक युगका प्रतिनिधि तान्त्रिक थिए। उनको चमत्कारी कींबदन्तीहरु बारे कथा र कमिक्स पनि निस्केका छन्। तर जामन: गभाजु मछिन्द्र नाथको आगमन र राजा नरेन्द्र देब संग संबन्धित छैन। मछिन्द्र नाथलाई भारतको आसम-मेघालय क्षेत्रको कामक्षाबाट उपत्यका भित्र्याउने काम काठमाडौंका तान्त्रिक बन्धुदत्त आचाजु ( आचार्य), ललितपुरका किसान ललित र भक्तपुरका राजा नरेन्द्र देबले गरेका हुन्। कुनै दिन यो कथाको रोचक पक्षलाई समेटेर फेरि अर्को कथा लेखौला। अस्तु!
Read Full Discussion Thread for this article