Posted by: chipledhunga August 14, 2007
DHARAN
Login in to Rate this Post:     0       ?        
म जाने बेलामा त साथीहरुले कोशी सुपर एक्स्प्रेसमै जाने सल्लाह दिए। त्यही बेला त्रिफलाले बिराटनगरको सेवा शुरु गरेको थियो। 1510D मोडेलको बस भनेर खुब प्रचार गर्थ्यो। चढ्नेहारुले भन्थे, नौबिसेबाट नागढुङ्गा २५ मिनटमै उकाल्छ भनेर। त्यती बेला 1210 E मोडेलको टाटा हुन्थे प्राय: बसहरु। तिनिहरुले ४० मिनट जती लगाउँथे त्यही उकालो चढ्न। हुन त साझाका जापानी बसले पनि त्यस्तै २५ मिनटमा उकाल्थे। पुर्व जाने बसहरु प्रतिस्पर्धामा चल्ने भएर प्राय: नयाँ हुन्थे, पश्चिम जाने चाँही सिन्डिकेटमा चल्ने भएर थोत्रा हुन्थे। त्यो बेला (१९९१)मा काठमाडौंबाट धरान (५४३ किमी)लाई १५५ रुपैयाँ भाडा तिरेको थिएँ। यसपाली बेनीबाट पोखरा (८२ किमी)लाई १८० रुपैयाँ तिर्नु पर्‍यो।
Read Full Discussion Thread for this article