Posted by: Rahuldai August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
भूतेश्वर महादेब भाग ३ ********************* जामन: गुभाजुले २ जना ससाना बालक रुपी भूतको साधना गरे र आफुले ऋषिको भेष धारण गरी तान्त्रिक शक्तिको बलले निमेषमै यज्ञ स्थल पुगे। अन्तिम मत्रोछरण गर्दै ॐ स्वाहा के गर्न लागेका थिए, जामन: गभाजु सङ आएका ती बालकहरु ह्वाँ ह्वाँ रुन थाले। अचनक बालक रोएको सुनेर यज्ञमा स्वाहा गर्ने काम रोकियो। को किन यसरी बेसास्री रोए त? खुल्दुलीको बिषयभो। यस्तो पबित्र कार्य गरिरहेको ठाउंमा बालक रुनु अपशकुन हुने हुन्छ। शिद्धि नरसिंह राजाले बालक रुनुको सत्यतथ्य पत्तालगाउन हुकुम् गरे। बालकहरु सङै आएका ऋषिले भने" यी बालकहरु हजुरको बैभवशाली साम्रज्यमा पनि खान नपाएका अभागीहरु हुन्। धेरै दिन देखिका भोका छन्। यिनलाई खाने कुरा दिए, रुन बन्द गर्छन, सरकार"। ऋषिको यो कुरा सुनेर राजाले जे जति खान्छन् खान् दिनु भनेर भण्डार् हेर्ने अंात्यलाई आदेश जारी गरे। यत्तिकैमा अलमल् हुदां सर्प आहुती गर्ने काम त्यसै रोकियो। आदेशानुसार् बालकहरुलाई खानेकुरा दिए। जति खाए नि न अघाउने, भण्डार् का भण्डार् सखाप परि दिए। आखिर् भूत जो ठहरियो। खाने कुरा सकियो। बालकहरु फेरि रुन थाले। राजा शिद्धि न्रसिंह समेत अचम्म, भण्डार् सकिने गरि खाए पनि न घाउने फेरि रुने? अचम्म मान्दै ऋषिलाइ "अब के गरे यिनीहरु रुंदैनन् ऋषिबर्" भनेर सिओधे। जाम्न" गुभाउजुले मौकामा चौका हानी हाले। " ख्वामित, त्यो अघि यङ्ञामा आहुति दिन ठिक्क पारेको सर्प खोजेका हुन् यी बलक ले"। " सर्प दिएमा चुपचाप गाउं फर्कन्छ , महाराज"। सर्पलाई तह लगाउन पो यज्ञमा होमिन लागेको अरु कुनै बैद्क र धर्मिक उपक्रम थिएन। राजाले सर्प बालकलाई दिनु भनी हुकुम् बक्से। यसरी सर्परुपी राजा प्रताप मल्ललाई म्रित्युको मुखबाट बचाएर सकुशल कान्तिपुर फर्काउन सफल रहे, जामन: गभाजु र दुइ भूतहरु। नत्र अनर्थ हुन्थ्यो। यो कार्यमा ती दुइ बालकरुपी भूतहरुको महत्वपूर्ण भूमिका रहेकोले प्रतापमल्लले तिनको सम्मनस्वरुप भूतेश्वर् महादेबको स्थापना गर्न लगाए। तर यसको कुनै मन्दिर छैन। एक बसाह सहितको शिब लिङ्ग र एक खाल्डो निर्माण गर्न लगाए। कुनै पनि भूत पिशाच भगाउने र शुद्दिकरण कार्य गर्दा भूतको भाग छुट्याइ त्यहि भूतेश्वर महादेबको खाल्डोमा चढाउनु पर्ने चलन चलाए र आज पनि त्यो परम्परा अद्यापी छंदै छ। अब त्यो महादेब कहाँ पर्छ भन्ने जिज्ञासा पक्कै भयो होला। त्यो भूतेश्वर काष्ठमण्डप को सिंढिको ठिक अघिल्तिर छ। अर्थात कुमारी घर्को छेउ भएर काष्ठमण्डप अौदा, बाटोको बिचमा खाल्डो र बसाह अझै देखिन्छ। अर्थात ठुल्दाई को घर छेउमै पर्दछ। अर्थात अशोक बिनायक, काठमाडौ गणेशस्थान अघिल्तिर बिच भागमा खल्डो जो छ त्यही भूतेश्वर हो। धेरैलाइ ज्ञात नभएको र थोरै ठाउमा मात्र बर्णित यो सत्य ओझेल् मा परेको छ। खोला तर्‍यो लौरो बिर्सियो जस्तो हाम्रो ब्यबहार छ। भूतलाई सम्झेर बर्तमान बनाउन खोइ हामीले जानेको? चेतना भया। अस्तु! © तारेमाम्।
Read Full Discussion Thread for this article