Posted by: Rahuldai August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
भूतेश्वर महादेब भाग २ ****************** प्रताप मल्लले आफ्नो तान्त्रिक शक्तिको बल ले एउटा सानो सर्पको रूप धारण गरे र तन्त्रको मद्दतके एकै चोटि यज्ञ स्थलमा पुगे। मन्दिरको कला र सिर्जना देखेर आल्हादित के भएका थिए, यज्ञमा संलग्न एकजना वटुकले सर्प देखि हाले र डराएर चिच्याउन थाले। उपत्यकाका मान्छे न ठहरे, सर्प भने पछि त्राहिमाम त्राहिमाम्। भागदौड मच्चिन थाले। यज्ञा र प्रतिस्थापनको साइत माथि नै संकट आयो। राजाले आफ्ना सैनिकलाई आदेश दिए, जसरी भए नि त्यो सर्प समातेर ल्याउनु। केही क्षणको संघर्ष पछि त्यो यज्ञा बिथोल्न आएको सर्पलाई पाटा कसेर झ्याइँकुटि गर्दै ल्याए। र यज्ञ पूर्बत सुरु भए। अब त्यो सर्पलाई के गर्ने, झन्डै कार्यकरम नै बिथोलिएको बज्याले गर्दा, राजाले पण्डित जी संग राय मागे। अब पण्डितको नि सातोपुट्लो उडेको त्यो सर्पको कारणले, "त्यो सर्पलाई यही यज्ञको ज्वालामा आहुति दिनु पर्छ, महाराज!" पण्डितजीले आफ्नो रिस पोखि हाले। यता कान्तिपुर दरबारमा प्रताप मल्ल बेपत्ता। उनका अभिन्न मित्र एवं महा तान्त्रिक जामन: गभाजुले कहाँ गए होला भनी तान्त्रिक चक्षुले हेर्दा त सर्परुपी राजा यज्ञ को अग्निमा ॐ स्वाहा हुन लागेका। वटुकहरु मन्त्रोचारण गर्दै स्वाहा गर्न ठिक भएको भयाबह द्रिश्य देखे, जामन: गभाजुले। लौ राजालाई जसरि भए नि बचाउनु पर्यो भनी गुभाजुले गजबको जुक्ति निकाले। क्रमश:
Read Full Discussion Thread for this article