Posted by: harigautam1 August 13, 2007
मैले भाँडा माझेर पढेको हुँ :महाविर
Login in to Rate this Post:     0       ?        
वायरलेस प्रविधिबाट दुर्गम हिमाली वस्तीमा इमेल/इन्टरनेट प्रविधि पुर्याएवापत बेलायतको 'ग्लोवल आईडिया बैंक'द्वारा सन् २००४ को 'ओभरअल सोसियल इनोभेसन अवार्ड' बाट सम्मानित पहिलो नेपानी एबं फीलीपीन्स बाट प्रदान गरीने रोमन म्यागासेसे प्राप्त गर्ने चौथो नेपाली महावीर पुनले अमेरीकामा पढ्दा आर्थिक अभाब टार्नको लागी आफ्नो साथी संगै भाँडा माझ्ने गरेको बताएका छन् । विक्रम सम्बत २०१४ सालमा म्याग्दीको राम्चे गाविस -२ नाङ्गी गाउँमा जन्मीएका पुन म्यागासेसे पुरस्कार प्राप्त गरेपछी पहिलो पटक गाउँ जाने क्रममा पुनले उक्त कुरा शुक्रबार शाँझ बेनीमा सञ्चारकर्मीलाई बताएका हुन । नाङ्गी सदरमुकाम बेनीबाट उत्तरपुर्व करीब ८ घन्टा उकालो हिंडेपछि पुग्न सकिन्छ । केहि गर्ने अभिलासा लिएर २०४८ सालमा जन्मथलो नाङ्गी पुगेका पुनको अक्कल सुरुमा गाउँलेले पत्याएनन् । पत्याउन पनि कसरी अमेरिकामा पढेको मान्छे गाउँ फर्केर समाज सेवा गर्ला भन्ने कसैलाई विश्वास नै थिएन । भाङग्रा भिरेको, हाफ पाईन्ट लगाएको र खालिखुट्टामा हिंड्को देख्दा पहिलो पटक देख्नेले उनलाई भेडीगोठालो भन्छन् । तर त्यही ब्यक्ती हो म्यागासेसे बिजेता महाबिर पुन । पुनले म्याग्दीको ४१ गाबिसमै वायरलेस इन्टरनेट पुर्याउने लक्ष्य रहेको समेत बताए र यसको लागी स्थानिय तबरबाट र सरकारी नीकायले सहयोग गर्नु पर्ने धारणा राखेका छन् । साथै म्याग्दी देखि पश्चिम महाकालीको दार्चुला सम्म वायरलेस इन्टरनेट पुर्याउने चाहना अनुरुप दुई महिना अगाडि योजना आयोगमा करीब ४३ करोड ५० लाख बराबरको मास्टर प्लान बनाएर पेस गरीसकेको बताए । सो योजनाको बारेमा सञ्चार मन्त्रालयले अध्ययन सुरु गरीसकेको र सोही योजना अनुसारकै कुरा २४ गते बिहीबार प्रधानमन्त्री संग समेत कुरा राखेको र प्रधानमन्त्रीले योजना आयोगलाई घच्घच्याउने आश्वासन दीएको पुनको धारणा थियो । पुन भन्छन-"योजना आयोगले पैसा छैन भन्दै टाउको कन्याउदै छ तर पैसा चाहि छ एडिबिको कार्यक्रम अन्तरगत ५० मिलीयन रकम छ र दुरसञ्चार बिकास अन्तरगत ८० करोड रकम त्यसै थन्कीएर बसेको छ त्यही रकम प्रयोग गर्नु उचित हुन्छ । ०५८ सालमा पुनले अमेरिकामा निर्मित १५ सय मिटर 'रेञ्ज' मा मात्र प्रयोग गर्न सकिने वायरलेस इथरनेट कार्डलाई गाउँमा ल्याई स्थानिय शिपको सहायताले संसार मै पहिलो पटक करिब ८० किलोमिटर दुरीमा रहेको मोहरे स्थित हिमाली वस्तीमा वायरलेस प्रविधिबाट इमेल/जोड्न सफल भए । यसको लागी पुनले विभिन्न डाँडाहरुमा टेलिभिजनका डिसएन्टेना, स्थानिय गाउँमा फालिएका सिलट र स्टिलका सामाग्रीहरुको प्रयोगमा ल्याएका छन् । पुनले वाएरलेस प्रबिधीको लागी ठुलो लगानी र बिदेशि दाता एबं प्राबीधीकको मुख ताक्न नपर्ने बताए । उनले स्थानीय श्रोत र साधनको प्रयोगलाई नै प्रोत्साहन गर्दै आएको धारणा राखेका छन । नेपालमा केही समय पहिला सम्म आई एस पी सेबाको अनुमती पत्रको लागी करीब १५ लाख तिर्नु पर्ने गरेको भएता पनी भारतमा एक रुपैयामा सो सुविधा उपलब्ध गराइएको र सोही अनुरुप प्रयास गरे पछि एक बर्षपहील्यै एक सय रुपैयाँमा अनुमती पत्र पाउन सकिने कानुनी मान्यता बनीसकेको पुनले बताए । पुनकै प्रयासमा मकवानपुर जिबिस र गाबिसको आर्थिक सहयोगमा आई एस पी खडागरी गाउँ गाँउमा इन्टरनेट सेबा बिस्तार गर्न लागीयको हो । "गाबिस र जिबिसले सहयोग गरेमा यो कार्य गर्न कुनै कठीनाई नहुने समेत धारण राखेका थिए । साथै सरकार र गाबिस जिबिसले सहयोग नगरेमा पनी म्याग्दीको उत्तर काली भेगका गाबिसहरुमा अपलीङक गर्दै जाने बताएका छन । गाबिस तथा जिबिसले सहकार्य गरेमा कुनैपनी जिल्लामा आई.एस.पि खडागरी गाउँ गाउँमा इन्टरनेट सेबा पुर्याउन असम्भब नहुने बताए । महाविर पुनको निम्न माध्यामिक विद्यालय तह सम्मको पर्ढाई गाउँमै भएको थियो । ब्रिटिस गोर्खाका लाहुरे बाबुले चितवन जिल्लामा बसाई-सराई गरेपछि उनले त्यहींबाट एस.एल.सी.र अमृत साइन्स क्याम्पसबाट वि.एस्सी पास गरेका हुन् । स्वाभिमानी स्वभावका पुनले १२ वर्षसम्म अध्यापन पेशा गरेका थिए । त्यसपछि अध्यापन पेशा त्यागेर अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट शिक्षा विषयमा 'ब्याचलर डिग्री' गरि २०४८ सालमा पुनः गाउँ फर्केका हुन् । पुनले बैदेशिक रोजगारको लागी बीदेशिएका र बिदेशमै बशोबास गर्नेलाइ इङगीत गर्दै भने-"बीदेशमा बस्नेहरु तीमीहरुको इच्छा बिदेशमै बस्ने छ भने बस केहि फरक पर्दैन तर नेपाललाई मायाँ नमार ।" उनी थप्छन "बिदेशमा बसेर कम काम हुने नेपालमा बसे बढी काम हुने होइन बिदेश भनेको केहि टाढाको कुरा होइन मात्र १ २ दीनको कुरा हो आउन पनी सकिन्छ, more www.cyberbeni.com
Read Full Discussion Thread for this article