Posted by: Gautam B. August 11, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
कुम्ले ब्रोलाई जन्मदिनको धेरै-धेरै शुभकामना! बर्षैपिच्छे झन्-झन् तरुनो हुँदै जाओस् हाम्रो कुम्ले ब्रो भन्ने कामना गर्दछु। ****************************** उता बल्खुमा मेरो कथा पढेर मन पराइदिने सबैलाई मेरो धन्यबाद! साझामा प्रयोग गरेको इ-मेल ठेगानाले हावा खा'को हुँदा आफैं बल्खु नपसी कमेण्ट आ'को थाहा हुन्न। राहुल दाइको 'कमेण्ट' त्यै भ'र ढिला देखें। जिम्माल, तिम्रो 'कमेण्ट' आ'कै छैन त्याँ। अनि तिरु, तिम्रो कुरो ठीक हो, पहिला यतै 'होम डेलिभरी' गरेर मात्रै उता जानुपर्ने हो। तर रिसा'र नगरेको भने होइन है यसपाला। हिजो बेलुकी सुत्नु अगाडि टाँसेको। कुरुक्षेत्र रुघा लागेर बिजोग थियो (अहिले पनि कायमै छ!)। चौतारी पसे'सी एक-डेढ घण्टा त्यसै गईहाल्छ। त्यै भ'र पस्दै-नपसी भागेको!
Read Full Discussion Thread for this article