Posted by: shirish August 10, 2007
Positive Poetry
Login in to Rate this Post:     0       ?        
घरको आंधी मनु मन्जिल उनी रिसाउंदा घरभित्र एउटा आंधी पस्छ झ्याल-ढोका, थाल र रिकापीहरू मस्तिष्क चर्कने गरी बज्छन् । सारीको सप्को उनको पटुकीभित्र खांदिन्छ चुल्ठो फुक्छ असरल्ल तुफान उठ्ताको कालो बादलजस्तो । हठात् गति बढ्छ हिंडाइमा उनको क्रोध उनको अनुहारमा गुरांसको खेती गरेर बस्छ । घामका किरणहरू घरका भित्ताहरूमा ओइलाएर र्झछन् आंखाबाट मोती झारिरहेका कलिला नानीहरू दोस्रो काखतिर बसाई र्सछन् । मेरो छातीमै मुख लुकाएर बसेका नानीहरू बोकेर कैले त म पनि आमा हुन्छु । केहीबेर अंगेनामा चिसो उग्राएर बस्छ केहीबेर पूजाकोठामा लयहीन घण्टी बज्छ । समय एकछिन घरभित्र विप्लव उफारेर मजा लिन्छ तर एकैछिन हो, आँधी घर हल्लाएर गइसकेको हुन्छ हेर्नु, अझै उनको अधरबाट जून खसेको हुंदैन ।
Read Full Discussion Thread for this article