Posted by: parbatya August 10, 2007
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
हुन त यो धागो सुरु हुँदा म नेपाल मै थिए तै पनि पढे पछि रमाइलो लाग्यो यात्रा संस्मरण । मलाई पनि गार्हो भएको थियो त्यो बेलामा केही थपौ कि अफिस को काम ले गर्दा वीरगन्ज अनि जनकपुर सम्म जानु पर्ने थियो । त्यो बेला को तराई पहाडे लाइ देखे पछि के होला । अफिस् बाट अर्जेन्ट रिपोर्ट बुझाउनु पर्‍यो अनि चेक पनि लिएर आउनु पर्‍यो भनेर हाकिम ले भने पछि नजाने कुरा भएन । फेरी काठमाडौं बाहिर गए पछि यसो खर्च पनि धेरै नै आउने ल जाउ न त भनेर गएको भर्खर खुलेको तराई को वीरगन्ज नपुग्दै सातो जान थाल्यो ।होटेल जाने त कुरै भएन बल्ल बल्ल गोरु बेचेको साईनो लएर एउटा आफन्त पर्ने कहाँ सम्म त पुगे काम चाँही गर्न सकिएन । अब लाग्नु पर्‍यो भनेको त फेरी एक्चोटि जनकपुर पुगेर आइज भने पछि लागे । धन्न त्यहाँ चाँही साथी नै ईन्स्पेक्टर थियो र पुगेपछि १ हप्ता बसेर भत्ता समेत पचाएर आए । पछि सम्झिदा पो डर भयो ज्यान जोगाइयेछ । त्यती बेला चन्द्र निगाहापुर अनि पथ्लैया मा सबै भन्दा खतरा थियो । अहिले पनि शायद त्यस्तै त्रास् होला
Read Full Discussion Thread for this article