Posted by: SurNaTal August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
उता BLOG बाट यता नि तानिदिए है मैले। गल्ति भए माफि पाम् गाम्लेहरु। मलाई तिमी चाहिन्छ। जिवन यात्रा का सयकडौँ मोडहरु, विकट उकालि ओरालिहरु अनि सितल भन्ज्याङ् अनि चौतरीहरु छिचोल्दै जाँद म एउटा नयाँ परिबेस पाइरहेछु - मेरा पाइतालाहरुलाई। म भन्न सक्दिन बर्तमानमा गुज्रिरहेका यी पलहरु सरस छन् वा निरस। यत्ती भन्न सकिन्छ - दैनिकिहरु परिबर्तन् भएका छन्। त्यो रिठ्ठाबोटे - वरबोटे भन्दा धेरै पर; त्यो गैरीगाउँ - डाडागाउँ भन्दा धेरै पर; त्यो चिसापनी - रातमाटे भन्दा धेरै पर; त्यो सल्लाघरी-रानीवन भन्दा धेरै पर; त्यो पुर्बैया-लक्षमणा भन्दा धेरै पर; त्यो भारदह-बांसगढी भन्दा धेरै पर; त्यो नयाँ बजार - पुरानो बजार भन्दा धेरै पर; त्यो पुल्चोक-महेन्द्रचोक-भानुचोक-प्रिथ्वीचोक भन्दा धेरै पर; त्यो पशुपती र गुहेश्वरी का अशिर्बादहरु भन्दा धेरै पर; त्यो बगेश्वरी - बिन्दवसिनी - बुल्बुलेमाही-दन्तकालीका सामिप्यताहरु भन्दा धेरै पर; त्यो मनकामना - स्वर्गद्वारी - गोसाईकुन्ड र मुक्तिनाथका सितलताहरु भन्दा धेरै पर; त्यो तमोर् र तिनाउका सुशेलीहरु भन्दा धेरै पर; त्यो मकालु र मनास्लुका सितल छहारीहरु भन्दा धेरै पर; त्यो जुगल र गौरिसङ्करका मनमोहकता भन्दा धेरै पर; आफ्नो गाउँ, आफ्नो सहर, आफ्नो देश, आफ्नो माटो, र आफ्नी आमा भन्दा धेरै पर। नयाँ ठाउँ, नयाँ माटो, नयाँ रहनसहन, नयाँ परिवेश, नयाँ संस्क्रिति, नौला मान्छेहरु, नयाँ संसर्ग; जिवन शैली फेरिएको छ। फेरिपनि, मलाई McDonald's र Tomyam मात्रले हुँदैन - ढिंडो र गुन्द्रुक् चाहिन्छ, फुरौला र घुमाउरे रोटी चाहिन्छ; Old Man and the Sea मात्रले हुँदैन - 'षिरिषको फुल' र 'तीन घुम्ती' चाहिन्छ; Hotel California मात्रले हुँदैन - 'हरियो डाँडा माथि हलो जोत्ने साथी' र 'वारि जमुना पारी जमुना' चाहिन्छ; Drum Set ra Piano मात्रले हुँदैन- मुर्चुङा, मादल र खैंजेडुका धुनहरु चाहिन्छ; टुटेफुटेका Hi-Hello मात्रले हुँदैन - - नेपाली सौहर्दता चाहिन्छ, अपनत्व चाहिन्छ, सामिप्यता चाहिन्छ, आत्मियता चाहिन्छ, हार्दिकता चाहिन्छ, नेपालित्व चाहिन्छ, अस्थित्व चाहिन्छ। तेसैले: साझा बासीहरु चाहिन्छ, साझा चौतरी चाहिन्छ। मलाई तिमी चाहिन्छ। जदौ। सुर न ताल।
Read Full Discussion Thread for this article