Posted by: world_map August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आज त चौतारी छुट्टी हुने बेलामा मात्र हाजिर हुन पाइयो! कहिले के हुने कहिले के हुने मलाइ नि! समयले मलाइ पेल्या पेल्यै छ! अनि कुमलवा बिरादरको भोलि बर्थ डे? वाह! ह्याप्पी बर्थ डे टू यू ईन एडभान्स है कुम्ले! मैले अस्ति नै भन्या थें नि तिरूको बर्थ डेको एक हप्ता भित्र कुम्लेको बर्थ डे हो भनेर, मैले पोहोर साल नै याद गर्या थिएँ। हरिको बर्थडे चैं अहिले हैन, उसको अझै तीन महिना ९ दिन बाँकि छ। ठूलीले त कुम्लेको पार्टीको ग्राण्ड डिजाइन समेत गरिसक्या रैछिन्, म चैं स्वागत गर्नेमा? ल ल! अनि म डानस पनि गर्छु नि, मेरो डानस देख्यो भने त सब जना मख्ख हुन्छन्। ल, अरू सबैलाइ जदौ है, नाम लेखिरहन नि अल्छि लाग्यो, अन्यथा नलिनुहोला!
Read Full Discussion Thread for this article