Posted by: shirish August 10, 2007
Positive Poetry
Login in to Rate this Post:     0       ?        
OK Himalaya Here is one for you. उनी कविता जीवनको रङ्गले लेख्छिन् - Manu Manjil उनी अक्षर जान्दिनन् तर सुन्दर कविताहरू लेख्छिन् । सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन् घामले मझेरी र आँगन पोतिसक्छिन् अँगेनामा न्यानो पोखिसक्छिन् बिहानै घरभरि बिहान छिरिसक्छ पूजाकोठामा बलेको धूप आशीर्वादको महक बोकेर चोटाकोठा पुगिसक्छ म ब्यूँझदा उनी घरभरि जीवन लेखिसक्छिन् ।
Read Full Discussion Thread for this article