Posted by: shirish August 10, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
This is one of the better reviews I read in a long time. However, it also fails to point out the weaknesses of the poet. The job of the reviewer is not to emphasize or say good things about the poet but to make the poet better with pointing out the weaknesses. कवि मनु र उनका पहाड चढिरहने कविता कृष्ण धरावासी अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो < किन हो < भन्न खोजेको के हो < आदि । अर्थ र उत्तरहरूले जीवनलाई परिभाषित गरिरहेका हुन्छन् तर के ती अर्थ र उत्तरहरूले कहिल्यै पूर्णता पाउँछन् < तिनले दिएका अर्थहरू नै जीवनलाई बुझन अन्तिम उत्तर हुन् त < यही छ समस्या । र कविताको त वास्तवमा के अर्थ हुन्छ र < बरु, त्यसमा त भाव, सङ्केत, संवेग कल्पनाहरू नै हुन्छन् । वास्तवमा तिनमा हाम्रा आफ्नै कल्पनाहरू अटाउने कत्ति ठाउँहरू पनि हुन्छन्, जसले हामीलाई रमाउन मद्दत गर्छन् । आज पनि हामी रुमल्लिइरहेका हुन्छौं । काव्यहरूभित्र अर्थको खोजमा आ-आफ्नै अर्थहरू भेट्टाएर रमाइरहेका पनि हुन्छौं । आत्मपरक अर्थहरूले कवितालाई ज्यादै गतिशील र चिप्लो पनि बनाइरहेको हुन्छ । तर कवितामा आत्मपरक अर्थ भेट्टाउन कठिन कविता आफैं विम्ब र प्रतीकको जङ्गलमा कतै अल्झिएकाले पनि हो । रूढ कविताका रूढ अर्थहरू सहजै भेटिन्छन् । र ती रूढ अविधात्मक कविता वास्तवमा कविता नभएर कविताको ढाँचामा लेखिएका कुराहरू मात्र हुन्छन् । कुरालाई नै कविता मान्ने जमातका अघि-विम्ब-प्रतीक र मिथकको कविता यात्रा दुर्बोध्य लाग्नु स्वाभाविक नै छ । पाठकहरू भन्छन् - "नेपाली कवितामा क्लिष्टता एउटा पीडा भएर रहेको छ । नबुझिनुको समस्याले हामी ग्रस्त छौं ।" केही कविताहरू त्यस्ता नबुझिने छन् होला तर ती किन बुझिएनन् भन्ने पनि प्रश्न सँगै छ । पाठकको कल्पनाको सीमाभन्दा अलिक परैको दूरीमा यदि कविता-चेत् उभिएको भए ती बुझिँदैनन् वा पाठकको पढ्ने परम्परागत अभ्यासभन्दा भिन्दै शैलीमा आएका भए पनि ती बुझिँदैनन् । आज नबुझिएको कुरा सधैं नबुझिने त हुँदैन नि ! हामी नबुझिएकोलाई बुझदै, रमाउँदै, थाहा पाउँदै त अघि बढिरहेका छौं, जीवनमा । नबुझेको कुरा बुझेको क्षण कति खुशी पनि भएका छौं । कविता नबुझदै फेरि बुझदै आइरहेकै हुन्छौं, सधैं । जीवन नै त्यस्तै नबुझिने- अलिक दिनपछि बुझिने, फेरि नबुझिने भइरहेको हुन्छ । अपरम्परित शब्दको प्रयोग, मिथकहरूको नयाँ अर्थ-प्रक्षेपण आदिमात्र दुर्बोध्यताको कारण बन्दैनन् कवितामा । अत्यन्त सरल भाषामा लेखिएका र सरल प्रतीक-मिथकले पनि तर कविता दुर्बोध्य हुन्छन् । भावको सघनताले, कविको भावसँग पाठकको भावको सामीप्य नहुनाले पनि कविता बुझिँदैनन् तर नबुझिएरै पनि ती राम्रा लागिरहेका, पढ्न मन भइरहेका हुन्छन् नै । आजका कविता बीसको दशकका कविताका तुलनामा धेरै नै सरल र सुबोध छन् तर यिनको सुबोधताभित्र पनि क्लिष्टताको मात्रा भने कमजोर भएको छैन । पढ्दै गयो बुझेको जस्तो लाग्दै मेटिँदै जाने चरित्रका कविता धेरै छन् । आज भावको गम्भीरता र प्रतीक विम्बको प्रधानताका यी नूतन विशेषता हुन् । बीसको दशकको प्रयोगवादी कविताको युगले क्लिष्टताको धेरै लामो आरोप खप्नुपरेको थियो । आज पनि क्लिष्टताको कुरा उठ्दा मोहन कोइराला, वैरागी काइँला र इश्वर बल्लभका नामहरू उदाहरणमा आउँछन् । त्यस कालका अरू पनि धेरै कविहरू क्लिष्टताको आरोपले सुशोभित छन् नै तर तीसको दशकमा प्रवेश गरेपछि कविताहरूले क्लिष्टताको मार्गबाट क्रमशः मुक्ति पाएको अनुभव गरेका हुन् पाठकले । यद्यपि समकालीन कविताको नाम पाएका तीसको दशकका कवितालाई पनि त्यति सरल त कहाँ मान्न सकिएला र < तर समकालीन नेपाली कविताले २०४६ सालसम्मको प्रतिनिधित्व गर्दा यस १५ वर्ष भित्रको नेपाली राजनैतिक जीवनलाई पनि नजिकैबाट हेरेको देखिन्छ । शान्ति क्षेत्र, युद्धको विरोध, मानवतावाद, अन्तर्राष्ट्रियतावाद, विकासको चाहना, राष्ट्रवादी सोच प्रजातन्त्रको आग्रह आदि यस कालका कविताका मूल स्वर सुनिन्छन् । २०४६ सालपछि नेपाली राजनीतिमा आमूल परिवर्तन आयो । कविहरूका आग्रह र कविताले रोजेका क्षेत्रहरू भताभुङ्ग भए । प्रजातन्त्र प्राप्ति पछि हिजोका कुण्ठाहरू स्थगित भए । खुल्ला संसारमा प्रवेश भएको अचम्मको युग आयो । समकालीन कवि र तिनका कविताहरू २०४६ सालकै लक्ष्मणरेखामा थुनिए; तिनले त्यो रेखा नाघेर यता पस्नै सकेनन् । हिंडिरहेको बाटो अलमलिएझैं, सदा सुत्ने ओछयान साटिएझैं, आसन बदलिएको शरीरझैं भए कविहरू । तर नयाँ युगमा नयाँ चेतले नयाँ कविहरू फेरि पलाएर आए । हिजोको आदर्शवादी सोच, चेत् र आग्रहभन्दा भिन्दै प्रकारको माग र समस्याहरू देख्न थाले, नयाँ आँखाहरूले । अचम्मै राम्रा र अनौठा कविताहरू पनि आउन थाले । त्यसो त त्यत्तिकै नाप्पिएका, पात्तिएका नारा, गाली र फोहोरी कविताहरू पनि आए । सबै खाले अनुशासनका बाँधहरू भत्किएका गैरजिम्मेवार कवि पनि देखा पर्न थाले, तर आउने, उभिने र वास्तवमै नवचेतना बोकी आएकाहरू भने बिस्तारै जुँगा पलाउँदै, दारी पस्दै, छिप्पिँदै गइरहे । पचासको दशक नेपाली कविताको गौरवमय दशक हो । त्यसो त यस दशकले साहित्यका सबै विधालाई नै अत्यन्तै मुक्त र स्वतन्त्र आकाश दिएको हो । कविताले त झन् खुल्ला मैदान पायो । यसै आकाशमा कावा खाँदै विचरण गरिरहने एक्लै, छुट्टै र स्वतन्त्र उडिरहेको देखिने कवि हुन् - मनु मन्जिल । राजधानी बाहिर रहेर कवितालाई एउटा कलाकारले झैं बडा मेहनतका साथ गोड्ने परिस्कार गर्ने र सुन्दर प्रस्तुतिले भावको सम्प्रेषण गर्ने कलम पाएका, 'आँधीको आवेग' नामक कृतिका स्रष्टा आजका युवा कवि हुन् - मनु मन्जिल । हरेक युगमा कविताले नयाँ नयाँ परिभाषाहरू टेक्दै हिँड्नुपरेको छ । कहीँ चट्टानमा कहीँ सिस्नोघारीमा, कहीँ खुल्ला राजमार्गमा जहाँ जसरी हिँड्नु परे पनि तर यसले हिँड्नु परेकै छ, उभिन पाएको छैन । पाठकहरू यसका विशिष्ट छन्, पाठकीय विशिष्टता पनि कविताको समस्या बन्दछ । पाठक जति बौद्धिक र स्वयम् कल्पनाशील हुन्छ- कविताले त्यति नै द्रुत गतिमा अघि भाग्नुपर्छ । पाठकबाट भेटिनु हुँदैन कविताले । तर आजका पाठक स्वयम् यति गतिशील छन्, झण्डै-झण्डै छुन खोजिहाल्छन् चेतनाले । कविताको स्तरीयताको सधैँ प्रश्न उठिरहन्छ । सधैं कवितामा असन्तुष्टिहरू आइरहन्छन् । बोध गर्नुपर्छ त्यसबेला पाठकीय चेतनाले कविताको संवेगलाई भेट्न खोजिरहेको छ कि - आजको एउटा समस्या यो पनि हो । पाठकीय प्रतिक्रिया वर्तमान कवितातिर भन्दा विगत तिरै फेरि फर्किएको पनि हामी पाउँछौं । अझै पनि देवकोटा, सम, लेखनाथ, रिमाल, मोहन कोइराला र वैरागीकै कविताका पुस्तक किन बाक्लै खोजिइन्छन् < के ती धेरै राम्रा भएर हो ? वा हाम्रा आजका कविताले तिनको भन्दा अघिल्लो चेतना दिन नसकेर हो ? युग आजको टेकेर बोध हिजोकै बोक्नुपर्ने बाध्यता पाठकलाई छोडिरहेका छौं कि हामी वर्तमान कविहरूले ? हाम्रा कवितामा शाश्वतताको कमी र क्षेत्रिक समसामयिकताको मात्र व्याप्ति भयो कि ? भरेनै भोलिनै पुरानो भइजाने विषयहरू पो हाम्रा कविताको मूलधार हुन पुगे कि ? यो आजको कविको लागि चुनौती हो । कविता कस्ता लेख्ने वा किन लेख्ने ? कवितामा के लेख्ने र कसका लागि लेख्ने ? यी शाश्वत प्रश्नहरू हुन् । तर यिनका उत्तरले कहिल्यै पूर्णता पाएका छैनन् । जसको उत्तर हुँदैन त्यसले के पूर्णता पाउनु ? एउटा प्रश्नका अनेक उत्तरहरू उहिलेदेखि नै छन् । धेरै विकल्पहरूले सुशोभित छौं हामी । विकल्प धेरै भएकैले बाँच्न सजिलो भएको पनि हो । यिनै अनेक वैकल्पिक उत्तरहरूको सुगमताले नै हामीलाई दिनदिनै नयाँ कविता लेखिरहन मन लाग्छ, पढिरहन मन लाग्छ । केही रूढ उत्तरहरू पनि छन् , जसले भन्छन्- 'कविता खास वस्तुका लागि, खास समूहका लागि र खास उद्देश्यका लागि लेख्नुपर्छ ।' त्यसरी लेखिन्छन् पनि, त्यसरी लेखिएका कविताहरू कुनै जन्मोत्सव-अङ्क, स्मृति-अङ्क वा स्मारिकाको सजावट जस्तोमात्र भएर रहन्छन् । त्यस्ता कवितामा गति हुँदैन । ती चेप्टा हुन्छन्, गुड्दैनन् । त्यहीँको त्यहीँ बसिरहन्छन् । सदा कालका लागि लेखिएको महान् भ्रममा तत्कालै मरिरहेका हुन्छन्, कैयौं यस्ता कविताहरू । "अर्थ" नै कविता हो ? गहिरिएर हेरे प्रष्ट हुन्छ - अर्थ कविता होइन । ती अर्थहरूले जन्माउन सकेका भावहरू, कल्पनाहरू, सङ्केतहरू कविता हुन् । कवितामा कविता जन्माउने सघन अर्थ छ ।' (इ.ब.राई – सन्दर्भमा इश्वर बल्लभको कविता) इन्द्रबहादुर राईको यो भनाइ कविहरू र कविताका समीक्षकहरूका लागि एउटा निकै ठूलो चुनौती हो । कवितामा अर्थको खोजी एउटा व्यर्थ यात्रा देखाउँछ यस भनाइले । र वास्तवमै एउटा प्रश्न जन्मन्छ नै- साँच्चै के अर्थ नै कविता हो त ? मन्जिलको तुलना कसैसँग गरिरहन पर्दैन । उनकै कविता पनि कतिपय उनका आफ्नै कविताहरूसँग अतुलनीय छन् । गहिरो अध्ययन, गम्भीर चिन्तन र विषयप्रतिको मोहनीय अनुरागले कवि मनु एउटा छुट्टै चिनिने प्रतिभा हुन् । प्रकृतिले उनलाई दिएको गला र शरीर पनि एउटा व्यक्तित्ववान् कविको लागि सुहाउँदो छ । मनु मन्जिल मञ्चमा पुगेपछि सारा श्रोताहरू चुपचाप हुन्छन् र मनुमात्र एक्लै कवितापाठ गरिरहन्छन् । गहिरो कुवाबाट निस्किएर आएको कुनै तापसीको गूढ रहस्य बोकेको जस्तो ध्वनिले वातावरणलाई च्याप्पै समातेको हुन्छ र कविता ..... । ती त त्यसै पनि चम्किलो चेतनाका ज्योतिजस्ता लाग्छन् । सुन्दै गयो कहाँकहाँबाट आइरहेको देववाणीजस्तो कानमा र मनमा ठोकिन्छन्, सूक्तिमय भएर कविताका पङ्क्तिहरू । मञ्चहरूमा उनले पाठ गरी सुनाएका र पत्रपत्रिकामा फाट्टफुट्ट प्रकाशित उनका कविताहरू पढेर सधैं खुसी भइरहन्थें म । गहिरै प्रभाव पारेका थिए मनुका कविताले । एकताका विष्णुविभु, अशेष मल्ल, मिन बहादुर विष्ट र कृष्णभूषण बलका कविताले यस्तै लठ्ठ पर्थें म । निकै लामो समयपछि गाँजाको जस्तो नशा लाग्यो मनुका यी कविता पढेर । साह्रै आह्रिस लागेर आयो मलाई मनुका कविताहरूको । निकै मन परेको वस्तु जे पनि आफ्नै होस्, आफ्नै पारूँ जस्तो लोभ जसलाई पनि लाग्छ । मन परेको वस्तु अर्काको नहोस् । खुसी, रमाइलो र प्रशंसाहरू आफूसँगै मात्र रहून् जस्तो लागिरहन्छ मलाई सधैँ । मनुका कविताले त्यस्तै पार्‍यो । जुन हेर्‍यो- 'यो त मैले लेख्नसकेको भए ..... ।' जस्तो लागि हाल्ने । धेरै राम्रो र मनपर्दो वस्तु बढ्तै आफ्नो पार्न खोज्दा नष्ट पनि गरिन्छ नि हगि ! मलाई कुनैकुनै कविता त च्यातिनै दिऊँ जस्तो पनि लाग्यो - किन त्यति राम्रा, मीठा त ती । मनुका कवितालाई कहाँबाट चर्चा प्रारम्भ गर्ने ? उनका कविताको विषय, स्वर, सनदर्भ यति सशक्त र सुस्पष्ट छन्, ती प्रत्येक पाठकलाई पारदर्शी संगीत हुन्छन् । उनका कविता बुझन सहयोगीको आवश्यकता पर्दैन तर बुझिसकेपछि बुझन पो फेरि अर्कोपल्ट नदोहोर्‍याई हुँदैहुँदैन । यो बुझिसकेर फेरि बुझनुपर्ने, बोधभित्रको दुर्बोध्य परतचाहिं मनुले कसरी बुनेहोलान् ? मलाई अचम्म लाग्यो । यसै त मनुका कवितामा, भूपी, कृष्णभूषण वल, विष्णुविभु, कालीप्रसादका जस्तै सजिला विम्ब, प्रतीक र वाक्य संरचनाहरू छन् तर मीठो दुख्नेगरी च्याप्प मुटु समात्ने उनको बानी पो खराब । कविता पढ्दापढ्दै खै कहाँ त्यो गाँठो पर्छ - आफैं हुरुक्क । उनका कवितालाई प्रशंसाको यति लामो पुल नै किन हालिरहनुपर्ला र ! ती आफैं उठेर जुरुक्क - जुरुक्क कुद्न थालिहाल्छन्, संवेदनशील पाठकीय भावनाको मैदानमा । उछिनपाछिन गर्दै आउने पाठक मनलाई पनि एकछिन छेउमै चुपचाप उभिन बाध्य गर्राई जिम्नाष्टिक गर्छन् मनुका कविता । धेरै लामो अवधिपछि कवितामा यो सन्तुष्टि प्राप्त गरें मैले । कवितालाई विचारको भारी, सिद्धान्तको नोकर, आदर्शको हली बनाएर हिंडाउने परम्पराले दिक्क भएको यो पाठकमन कुनै कविता यसो शीर्षक र केही वाक्य पढ्दै थन्क्याउने भइसकेको थियो । छिचोल्नै मन नलाग्ने वाक्यहरूले पोतिएका चट्ट मिलाई बाइन्डिङ गरिएका आकर्षक चित्र खोलसहितका कागजको प्याकेट हातमा परिरहन्थे । हेर्दै थन्क्याउँदै । कविता मानिएकाहरूमा कुरा हुन्थे, कुरा भन्दा धेरै नारा हुन्थे, नाराभन्दा धेरै' प्यारा' हुन्थे । साँच्चै भनेको यो पचासको दशकले यति धेरै कविता लेख्यो कि वास्तवमा कवितै लेखेन कागजमा अक्षरहरू लेख्यो, वाक्यहरू लेख्यो । तर मनुका यी कविताले मेरो पूर्वाग्रही दृष्टिकोणलाई ठूलो धक्का दिएका छन् । मैले कवितामाथि नै अयोग्यताको आरोप लगाउनु गल्ती थियो भन्ने बोध गराएको छ । वास्तवमा कविताको आफ्नो छुट्टै पहिचान हुन्छ र त्यो मरेको छैन । नेपाली भावना र चेतनामा कविता नमरेको यी कविताहरू उदाहरण हुन् । तीसको दशकका कविताले विकास गरेको विम्ब र प्रतीकको प्रयोगको निरन्तरतामा छन् अधिकांश कविताहरू । मोहन कोइरालाका कविताहरूले जन्माउने गरेका विम्ब, प्रतीकहरूलाई नाघ्दै बीसको दशकमा प्रयोगवादी कविताले मिथकको ज्यादा प्रयोग गरे । नेपाली कवितामा अत्यधिक मिथकको प्रयोग बीसकै दशकमा भएको छ । अझ खोलेरै भन्दा नेपाली कवितामा मिथकको प्रयोगलाई व्यवस्थित गरिएको दशक नै बीसको थियो । मिथकका कारण दुर्बोधताको धेरै आरोप बोके त्यस कालका कविताले । एउटा-एउटा शब्दले युगयुगको पुरा कथा बोक्ने हुँदा पाठकको ज्ञानको सीमाका अघि ती जङ्गल जस्ता लाग्थे । तर कविता धेरै नै शक्तिशाली र सघन बनेको पनि मिथकले नै थियो । तीसको दशकका समकालीन कविताले मिथकलाई भन्दा प्रतीक र विम्बलाई बढी महत्व प्रदान गरे । यसबाट दुर्बोधताको अघिल्लो दशकको खुड्किलो एउटा उक्लिए कविहरू । जनजीवनले देखे-भोगेका विम्ब र प्रतीकहरू कवितालाई बुझाउन सक्नेथिए । धेरै नै लोकप्रिय बने तीसको दशकमा कविताहरू । अझ प्रजातान्त्रिक आन्दोलनका क्रममा होमिएका कविहरूको चेतनयात्राले पनि पाठकमा नयाँ उत्साह र पढ्ने जाँगर थप्यो । सडक कविता-आन्दोलन तीसको दशकका कविहरूका लागि एउटा ठूलो चौतारी बन्यो जहाँ आएर भेट भए सबै विचार र चेतनाले हिंडिरहेका कविहरू । मनुका कविताले हिँडेको बाटो पनि प्रतीक र विम्बकै राजमार्ग हो तर नयाँ नयाँ विम्ब प्रतीकहरूको सिर्जना गरी यी कविता चेतनामा मार्तोलझैं 'ठङ-ठङ' ठोक्किन आइरहन्छन् । परम्परागत विम्बहरू झन्डै बहिस्कृत छन् यहाँ । आजको सन्दर्भमा आजकै नव प्रतीकहरू पाठकलाई झस्काउन र छ्याङ्ग पार्न उभिन्छन् अगाडि । आख्यानले उभिएका यी कविताहरू कतिकति बेला आफ्नै प्यारी बहिनीजस्ता लाग्छन्, जसलाई माया गरेर हेरिरहूँ, छेउमा बसाऊँ र सोधूँ- "बहिनी कस्तो छ ? खुसी नै छौ त ?" तर कविताहरू कुनै ठाउँमा दुःख पाएर, गलाभरि अवरुद्धता र आँखाभरि आँसु बोकेर माइत आएकी बहिनीजस्ता छन्, कुनै बेला रोइ पनि हाल्छन् कुनै बेला मनमा एकथोक भए पनि मुखले अर्थोक नै भनी ढाँट्न खोजिरहेका हुन्छन् । कुनैकुनै कविता-बहिनीले मज्जाले रुन आमा खोजिरहेजस्ता पनि छन् । केही ठाउँमा निक्कै रिसाएकी र अब त्यस घरमा मर्दा पनि फर्किएर जान्न भन्न खोजेकी जस्ता पनि छन् । जे होस् कविता पढ्दै जाँदा प्रत्येक कविताले भित्र कहाँ कहाँ भावुक, संवेदनशील, विद्रोही के - के, के- के बनाइरहन्छ । नारीलाई हेर्ने दृष्टिकोण राष्ट्रलाई हेर्ने दृष्टिकोण, युग र समयको मूल्याङ्कन, प्रजातन्त्रप्रतिको सचेतना यी कविताका आधार भूमिहरू हुन् । झन् मज्जाले नै दिल खोलेर कुरा गर्ने हो भने - मनुका कविता प्रजातन्त्रका लागि मर्न तयार सहीदीय आकाङ्क्षाले प्रेरित पनि हुन् । उनले समसामयिक विकृति र विडम्बनामा अल्झेर, अलमलिएर प्रजातन्त्रको खिल्ली उडाइरहने आजको कराँसे बौद्धिकहरूको सोचलाई आफूछेऊ आउन दिएका छैनन्, स्पष्ट छन् उनी आफूसँग र समय चेतसँग । इतिहासका हरेक उचाइ र गहिराइलाई चिनेका तिनले समसामयिक संवेग नै युगान्तकारी निर्णय होइन भन्ने बुझेका रहेछन् । त्यसैले उनका कविता आत्तिएका पनि छैनन्, हतारिएका पनि छैनन्, निराश पनि छैनन् । एउटा धैर्यशील र दूरदर्शी तापसीझैं शान्त र त्रिकालीय दृष्टि चेतले उभिएका लाग्छन् यी कविता ।.....
Read Full Discussion Thread for this article