Posted by: Birkhe_Maila August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ओहो सान्नानि? के छ बा हालखबर??? हन तो म हाँसेओ जस्तो आइखन म बुडोले मात्तै नदेख्या हो कि नदेखिएकै हो? अनि भात खायौ? के तिउन खायौ? आज मोइ पार्या हो? बिस्कुन सुकायौ? राति पानिको बाछ्छिटा आ'र बारदलिमा राखेओ कोदो सपै भिजो भन्ते तिउँरा हजुरबा के कसो भओ बेलिबिस्तार लाउ त? हन तिउँले नि टिकेस पा'र रे मटर हाँकेको??? मेरि बास्सै! छोरि क्यार्दै छे? सुतिन् कि हाँस्दै छे? घराँ मुसोले भकारि प्वाल पारो रे हो? धान कति खेर गओ? आगुँ सम्मलाई पुउदैन? यो बर्खाँ माइत जान्छौ? तिजमा त जालेउ क्यार? कि एकैबाजि तिहाराँ हो? आँगन काटेर सानो पार्या छे रे हैन अचेल? तुलसाको मठ भत्का'र फेरि बना हो? बाडिले खेत छोयो कि छोएन? ख्वाक्क..ख्वाक्क... तितौरीsss तमाखु भरिदेऊ त बा, सान्नानि सँअ कुरो अर्दा अर्दा खोकि लाओ! हरिशरणम्!
Read Full Discussion Thread for this article