Posted by: shirish August 9, 2007
Positive Poetry
Login in to Rate this Post:     0       ?        
गीत मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र बाँचुन्जेल संसार छ भने अरू केको डर मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ मैले हाँसे फूल हाँस्छ, मैले रोए जून रुन्छ म बगे यो नदी बग्छ, सुकेँ भने म बगर बाँचुन्जेल संसार छ भने अरू केको डर म छु र त मेरो लागि घाम लाग्छ, पानी पर्छ मेरै लागि बतास चल्छ, फूलले 'नि सुवास छर्छ प्रकृतिको भन्दा बढी कसैको नि हुन्न भर बाँचुन्जेल संसार छ भने अरू केको डर मैले सुने गीत बज्छ, मैले हेरे दृश्य बन्छ मैले मानिदिए मात्र ढुंगामाथि भगवान् छ आफैँभित्र ईश्वर छ किन खोज्नु पर पर ? बाँचुन्जेल संसार छ भने अरू केको डर । जनक पौडेल तन्नेरि डट कम
Read Full Discussion Thread for this article