Posted by: shirish August 9, 2007
Disaster Strikes ...........................
Login in to Rate this Post:     0       ?        
मन्त्रीहरूद्धारा बाढीग्रस्त क्षेत्रको भ्रमण हिमाल अनलाइन काठमाडौं ।, 2064-04-21 अविरल वर्षाले डुबानमा परेको दुई सातापछि सरकारका दुई मन्त्रीले आइतबार उद्धार र राहतको स्थिति बुझ्न बाँके र बर्दियाको भ्रमण गरेका छन् । भ्रमणका लागि उनीहरूले छुट्टाछुट्टै हेलिकप्टर प्रयोग गरे । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल बिहानै फिस्टेल एयरको हेलिकप्टरबाट नेपालगन्ज आइपुगेका थिए । उनी भेरी अञ्चल अस्पताल निरीक्षण गरेर बाढीग्रस्त क्षेत्रको भ्रमणमा निस्केको दुई घन्टापछि गृहमन्त्री कृष्णप्रसाद सिटौला सेनाको हेलिकप्टरमा आएका हुन् । भ्रमणमा उनीसँगै बाँके र बर्दियाका एक दर्जनभन्दा बढी सांसदसमेत थिए । 'म छुट्टै कार्यक्रममा आएको हुँ,' स्वास्थ्यमन्त्री पोखरेलले भने- 'गृहमन्त्री आउने कुरा मैले यहीँ आएर थाहा पाएँ । उनी स्वास्थ्य अधिकारीसहित बाढीग्रस्त क्षेत्रको भ्रमणमा छन् । बाढी प्रभावित क्षेत्रमा सरकारी स्थलगत निरीक्षण ढिलो भएको स्विकार्दै उनले भने- संयोजन हुन सकेन । भइदिएको भए राम्रो हुन्थ्यो ।' एउटै हेलिकप्टरबाट आउन सक्नेमा दुइटा प्रयोग गर्दा यातायात खर्च भने दोब्बर भएको छ । दुवै मन्त्रीको टोलीले बाढीग्रस्त गाउँमा पीडितलाई भने कुनै सहयोग गरेन । गृहमन्त्री सिटौलाले भने दोहोरो खर्चलाई दुरुपयोग भन्न नमिल्ने बताए । उनले सञ्चारकर्मीहरूसँग भने- 'यो दुरुपयोग होइन । स्वास्थ्य टोलीलाई प्राथमिकता दिइएको हो ।' बाँकेमा बाढीले ६ हजार ९ सय ८० परिवार प्रभावित भएका छन् । ५ सय ५१ घर भत्केका छन् भने १ हजार ३ सय ५० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए । यसैबीच गृहमन्त्रीसँगै आएका विधायकहरूले दक्षिणपूर्वी बाँकेको डुबान समस्या समाधान गर्न भारतद्वारा सीमा क्षेत्रमा निर्मित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध भत्काउन सरकारले स्पष्ट नीति लिनुपर्ने बताएका छन् । दैवी प्रकोप उद्धार समितिका तर्फबाट टोलीलाई डुबानबारे जानकारी गराएपछि विधायकहरूले डुबान समस्याको स्थायी समाधानका लागि लक्ष्मणपुर बाँध र तटबन्ध भत्काउनुको विकल्प नभएको बताए । 'बाँकेको डुबान समस्या मानव निर्मित हो । सरकारले बाँध भत्काउने अडान लिनैपर्छ,' एमाले नेता वामदेव गौतमले भने- 'भारतले नभत्काए अन्तर्राष्ट्रिय अदालत जानुपर्छ ।' उनले बाँध तथा तटबन्धले पुगेको क्षतिपूर्तिसमेत भारतले दिनुपर्ने बताउँदै त्यस्तो मागमा भारतीय जनताले समेत साथ दिने विश्वास व्यक्त गरे । माओवादी नेतृ पूणर्ा सुवेदीले गौतमको भनाइमा सहमति जनाइन् । कांग्रेस उपसभापति कोइरालाले परराष्ट्र मन्त्रालयमार्फत सरकारले गम्भीरतासाथ डुबान समस्याबारे कुरा उठाउनुपर्ने बताए ।
Read Full Discussion Thread for this article