Posted by: Amazing August 8, 2007
Malaysia- Good news for Neps
Login in to Rate this Post:     0       ?        
Isnt it a GOOD NEWS for we Nepalis??? मलेसियामा सुरक्षागार्ड अब नेपाली मात्र -------------------------------------------- विजयबाबु खत्री काठमाडौं, साउन २२ - मलेसिया सरकारले सुरक्षागार्डमा नेपालीलाई मात्र राख्ने भएको छ । यो निर्णयले करिब थप एक लाख नेपालीले रोजगारको अवसर पाउने छन् । मलेसियाले नेपालीबाहेक अरू विदेशी सुरक्षाकर्मी राख्न नपाउने निर्णय सोमबार गरेको हो । अहिले त्यहाँ तीन लाखभन्दा बढी नेपाली कामदार छन् । तीमध्ये करिब ३० हजार सुरक्षागार्ड छन् । भारत, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, इन्डोनेसिया लगायतबाट आएका सुरक्षाकर्मीलाई मंगलबारदेखि अरू काममा लगाउन सम्बद्ध कम्पनीलाई मलेसिया सरकारले निर्देशन दिएको छ । उनीहरूको सट्टामा छिट्टै मलेसिया र नेपालका नागरिकलाई नियुक्त गर्न सार्वजनिक सूचना जारी भएको छ । मलेसियामा रहेका नेपालीमध्ये सुरक्षागार्डका रूपमा काम गर्नेहरूको कमाइ बढी छ । उनीहरू प्रतिमहिना कम्तीमा ३० हजार कमाउँछन् । क्वालालम्पुरबाट मंगलबार प्रकाशित द स्टार दैनिकका अनुसार आन्तरिक सुरक्षा सहायकमन्त्री जोहरी बाहारोमले पाकिस्तानी नागरिकलाई सुरक्षाकर्मीका रूपमा काममा लगाउन सधैंका लागि प्रतिबन्ध लगाइएको बताएका छन् । गत साता एक पाकिस्तानी सुरक्षागार्डले २० वषर्ीया युवती ताङ मेङलाई बन्दरमहकोटास्थित निवासमा बलात्कारपछि हत्या गरेको पुष्टि भएलगत्तै मलेसियाले यो निर्णय गरेको हो । मेङलाई उनकै घरका सुरक्षागार्डले हात पछाडि बाँधेर हत्या गरेका थिए । मलेसिया सरकारको निर्णयमा नेपाली पूर्वसैनिक तथा प्रहरी र गोर्खालीलाई 'सुरक्षागार्ड' को रूपमा कम्पनी तथा आवासमा राख्न दिने उल्लेख छ । मलेसियालीले समेत यस्तो काम गर्न पाउने भए पनि बढी बिदा लिने प्रवृत्तिका कारण कम्पनीहरू उनीहरूलाई राख्न इच्छुक देखिन्नन् । गैरआवासीय नेपाली संघ, मलेसिया समन्वय समितिका उपाध्यक्ष हरि भट्टराईका अनुसार ठूला आवासीय भवन, बैंक, औद्योगिक कारखाना, होटल लगायतमा बर्सेनि झन्डै १ लाख गार्डको माग छ । 'यो निर्णयले बंगलादेशी कामदार खुला गरेपछि प्रभावित भएको मलेसियाको श्रम बजारमा नेपालीका लागि फेरि नयाँ अवसर सिर्जना भएको छ,' उनले टोलिफोनमा कान्तिपुरसँग भने । मलेसियामा बढ्दो आपराधिक गतिविधिसँगै पछिल्ला केही वर्षयता गार्डको माग बढेको छ । अहिले साना पसल, ट्राभल एजेन्सी, रेस्टुराँ र कार्यालयहरूमा बढी माग छ । अध्यागमन विभाग प्रमुख इसाक मोहम्मदले सुरक्षागार्डका रूपमा कार्यरत नेपालीबाहेक अरू विदेशीलाई जिम्मेवारी परिवर्तन गर्न निर्देशन दिएका हुन् । काम गर्ने स्थान र पेसा परिवर्तनसम्बन्धी कानुन कडा भए पनि मलेसियाले अरू देशका सुरक्षागार्डलाई अर्कै काममा लगाउने छुट अध्यागमनले दिएको छ । अध्यागमनले नेपाली र मलेसियालीबाहेकलाई सुरक्षागार्डको काम लगाएको देखेमा खबर गर्न हटलाइन टेलिफोनको व्यवस्था गरेको छ । त्यस्ता कम्पनीलाई १० हजार रिंगेट जरिवाना र तीन वर्ष जेल वा दुवै सजायको प्रावधान राखिएको छ । सहायकमन्त्री जोहरीेले सरकारी निर्णय उपेक्षा गर्ने एजेन्सीको अनुमतिपत्र रद्द गरिने बताएका छन् । 'विदेशी कामदार बिदा नलिई काम गर्न तयार भएकाले प्रायः कम्पनी विदेशी कामदार लिन रुचाउँछन् । 'हामी सामाजिक शान्तिका लागि यो निर्णय गर्न बाध्य छौं,' उनले सञ्चारमाध्यमलाई भनेका छन् । मन्त्री जोहरीले विदेशी र पाकिस्तानी नागरिकलाई सुरक्षाकर्मी राख्ने कम्पनीमा कडा अनुगमन गर्ने जनाएका छन् । उनका अनुसार कुल विदेशी श्रम शक्तिमध्ये ५ प्रतिशतभन्दा बढी सुरक्षागार्ड रहेकाले यसबाट ठूलो असर पर्दैन । उनले नेपाली सुरक्षागार्डहरू बहादुर, अनुशासित र विश्वासिला मानिन्छन् । http://www.ekantipur.com/
Read Full Discussion Thread for this article