Posted by: Kevin_ekstrom August 7, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
देशबासी भन्दैमा हात मागेर कहाँ पाईन्छ र? मान्छेको अस्तित्व जोगाउने माया र, मान्छे-मान्छेमा बिभाजन ल्याउने राष्ट्रवाद्को के ठानेर तिमीले तुलना गरेको? माया त जस्ले जस्लाई पनि गर्ने अधिकार छ तर तिम्रो हात नथाम्नुमा म अली कच्चा भएर पो थियो कि? हुन सक्ला कि तिमीले भनेको मैले बुझिन तर मैले भनेको पनि तिमीले नबुझेको पो हौ कि? अलिकती सन्कुचित म दिमागबाट थिएं तर तिमी मन बाटै सन्कुचित थियौ म तिमीलाई चोखो माया दिएर हासिरहेको थिएं तर तिमी बिटुलिएको माया दिन नपाएर रोइरहेकी थियौ। अब आएन्दा माया गर्ने चाहना छ भने अलिकती हिम्मत लिएर आऊ देश, धर्म, रङ्ग र जात बाट उम्किन नसक्ने सुमेधु मय पाउन बत प्रदुशित् तिमि, भैगो धेरै दुख अब नबेसाउ। मनको पिंडालाइ दबाएर पनि स्वस्थ हुन सिक हारेर पनि जित्न सक्नु छोरा मान्छेको गुण हो, तिम्रो मनको ढुकढुकि अहिले पनि छामेर हेर त त्यो मेरै मायाको बिजले सल्बलाएको भ्रुण हो।
Read Full Discussion Thread for this article