Posted by: shirish August 7, 2007
Flood Relief Fund
Login in to Rate this Post:     0       ?        
बाढीपीडितलाई ७७ लाख कास काठमाडौं, साउन २१ - बाढीपीडितलाई सहयोग गर्न सोमबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलगायतमा विभिन्न निकाय र संस्थाबाट सोमबार ७७ लाखभन्दा बढी राहत रकम संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार, कोषलाई प्रहरी कल्याण कोषले ३१ लाख ११ हजार १ सय ११ रुपैयाँ, फूलकुमारी महतो स्मृति समाज सेवा गुठीले १५ लाख रुपैयाँ र केन्द्रीय प्रहरी परिवार महिला संघले ७ लाख १ रुपैयाँ उपलब्ध गराएका छन् । यसअघि शसस्त्र प्रहरीले २५ लाख र महिला परिवार संघले ५ लाख १ सय ११ रुपैयाँ राहत उपलब्ध गराएको थियो । यसैबीच बाढीपीडितका लागि नेपालका लागि थाइल्यान्डकी राजदूत भन्भिसा थाम्रोगनाले ५० हजार, ज्वइ फाउन्डेसन नेपाल ठमेलले ५४ हजार १ सय ११ रुपैयाँ संकलन गरेका छन् । नेपाली कांग्रेस भक्तपुरले २४ हजार र कपडा, नेपाल तरुणदल काठमाडौंले ३० हजार नगद १४ बोरा कपडा, तनहुँका टीबी पनतले २ बोरा कपडा, सानेपाकी मेरिना ढुंगानाले कपडा र नगद १ सय ५ रुपैयाँ नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपालाई बुझाएका छन् । कांग्रेसले ७५ वटै जिल्लामा सहयोग समिति बनाई राहत सामग्री र रकम संकलन कार्य सुरु गरेको छ । ती जिल्लामा संकलन हुने राहत कांग्रेस केन्द्रीय कार्यालयले वितरण गर्नेछ । यसैबीच गैरआवासीय नेपालीले जिवा लामिछानेको नेतृत्वमा नेपालबाहिर बाढीपीडितका लागि राहत संकलन गर्ने अभियान सुरु गरेको छ । अनौपचारिक शिक्षा सेवा केन्द्र -इन्सेक) ले सोमबार कान्तिपुर बाढीपीडित राहत कोषलाई १ लाख २ हजार रुपैयाँसहयोग गरेको छ । इन्सेकका महासचिव कुन्दन अर्यालले उक्त राहत रकम कान्तिपुर पब्लिकेसन्सका निर्देशक विनोद ज्ञवालीलाई बुझाए । इन्सेका अनुसार बाढीपीडितका लागि इन्सेककी लेखा अधिकृत प्रमिला थापाबाट ५ हजार, कर्मचारी समितिका तर्फबाट १० हजार, व्यवस्थापनको तर्फबाट १३ हजार ९ सय ८५, इन्सेकमा कार्यरत सबै कर्मचारीको एक दिनको पारिश्रमिक बराबर संकलन भएको ७३ हजार १५ गरी १ लाख रकम संकलन गरिएको हो । त्यस्तै तिलगंगा आँखा केन्द्र गौशालाले काठमाडौंमा कार्यरत कर्मचारीको १ दिनको तलब बराबर नगद ७८ हजार ६ सय ८१ रुपैयाँ कान्तिपुर बाढीपीडित सहयोग कोषलाई बुझाएको छ । कोषमा जम्मा हुने राहत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेछ । यसैबीच एनसीसी बैंकको बागबजार शाखाले बाढीपीडितलाई सहयोग गर्न सोमबार '००३ २२२००००' नम्बरको एनसीसी बैंक बाढीपीडित राहत कोष' नाममा खाता स्थापना गरेको छ । त्यसैगरी बाढीपीडितका लागि बूढानीलकण्ठ क्षेत्रका नागरिक समाज र संघ-संस्थाले २० हजार रुपैयाँ सहयोग जुटाएका छन् । स्थानीय सामुदायिक सेवा केन्द्र, महानगरीय प्रहरी प्रभाग, स्कुल, कलेज र बूढानीलकण्ठ रेडक्रस उपशाखालगायतले संकलन गरेको १९ हजार ७ सय २६ रुपैयाँका साथै ५० पोका लत्ताकपडा आइतबार रेडक्रसलाई हस्तान्तरण गरियो । समाजसेवी रामबहादुर केसी, भीमबहादुर थापा र इन्स्पेक्टर गोविन्द अधिकारीलगायतको अगुवाइमा राहत संकलन गरिएको थियो । मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले पनि ५ हजार १ रुपैंयाँ सहयोग गरेको छ । सामुदायिक सेवा समिति त्याङ्लाफाँटले ९ हजार २ सय ५६ रुपैंयाँ सहयोग गरेको छ ।
Read Full Discussion Thread for this article