Posted by: shirish August 7, 2007
Flood Relief Fund
Login in to Rate this Post:     0       ?        
विस्थापित भोकै जनक नेपाल ब्ााँके, साउन २१ - घरमा भएका खाद्यान्न बाढी पसेर कुहिएकाले डुबानबाट विस्थापितहरू भोकै पर्न थालेका छन् । उनीहरूले तत्काल खाद्यान्न सहयोग गर्न माग गरेका छन् । तर प्रशासन कार्यालयले तथ्यांक संकलन नगरी चामल, दाल लगायतका राहत सामग्री वितरण नगर्ने जनाएको छ । नेपालगन्ज नगरमा मात्र १ हजार ५ सयभन्दा धेरै परिवार विस्थापित छन् । जिल्लामा ६ हजार ९ सय ८० परिवार प्रभावित छन् । ५ सय ५१ घर भत्केका छन् भने १ हजार ३ सय ५० घर स्थानान्तरण गनर्ुपर्ने अवस्थामा छन् । सर्वाधिक डुबान प्रभावित सल्यानीबाग र गणेशपुरबाट विस्थापितमध्ये अधिकांश सोमबारसम्म घर फर्केका छन् । घरमा पानी पसेर खाद्यान्न, लत्ताकपडा र सरसामान क्षति भएको दुखेसो उनीहरूले पोखे । '१० दिन मुसाफिरखानामा बसेर फक्र्यौं,' सल्यानीबागका सकिल अहमद सिद्धिकीले भने- 'घरमा न खानेकुरा छ, न बस्न मिल्ने अवस्था छ ।' सबै पीडितहरू भिजेका अन्नपात, कपडा र सरसामान सुकाउन व्यस्त छन् । 'घर छाड्दा ज्यान जोगाउनै मुस्किल थियो । आउँदा सबै सामान नष्ट भए छन् । अहिले न खाने कुरा छ, न सुत्ने कपडा,' १० दिनपछि घर फर्केकी रिहाना हल्वाईले भनिन् । उनले डुबान पीडितलाई सघाउन कतैबाट पनि पहल नभएको गुनासो गरिन् । रेडक्रस र जिल्ला प्रशासनले अझै डुबानपीडितको तथ्यांक संकलन गर्न सकेका छैनन् । आपतकालीन राहतका रूपमा केही स्थानमा चिउरा, चिनी, चाउचाउ र बिस्कुट वितरण गरिएको छ । 'छिट्टै तथ्यांक संकलन हुन्छ,' प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शमर्ाले भने- 'त्यसपछि मात्र चामल, दाल र अन्य सहयोग वितरण गर्नेछौं ।' रोगव्याधि प्रभावित क्षेत्रका बासिन्दा झाडापखाला, ज्वरो, छाला र आँखा रोगबाट बिरामी परेका छन् । जनस्वास्थ्य कार्यालय बाँकेका रामबहादुर चन्दका अनुसार बेतहनी, होलिया, गंगापुर, सोनपुर, नेपालगन्ज र बनकटवामा स्वास्थ्यकर्मीको टोली खटाइएको छ । 'दुई हजारभन्दा धेरैको स्वास्थ्य परीक्षण भइसकेको छ । विस्थापितमध्ये २५ प्रतिशत बिरामी छन्,' उनले भने । रोग फैलिन नदिन राप्तीपारिका बाढीग्रस्त क्षेत्रमा यसै सातादेखि कीटनाशक विषादी छर्किने कार्यक्रम रहेको जनस्वास्थ्यले जनाएको छ । यस्तै, तनहुँमा वषर्ा रोकिएलगत्तै ज्वरोका बिरामी बढेका छन् । ज्वराका बिरामीहरूमा भाइरल र टाइफाइड देखिएको चिकित्सकले बताए । दमौली अस्पतालका मेडिकल अफिसर डा. ईश्वरीप्रसाद अधिकारी दिनहुँ करिब ५० जना ज्वरोका बिरामीे आएका छन् । तीमध्ये ७० प्रतिशतमा भाइरल, १० प्रतिशतमा हेपाटाइटिस र बाँकी टाइफाइड पाइएको छ । फोहर पानीका कारण रागको प्रकोप बढ्ने उनले बताए । 'सरुवा रोग भएकाले पनि प्रकोप बढेको हो,' अधिकारीले भनेे । बिरामीको संख्या बढेपछि शय्या अभावमा उनीहरूलाई भुइँमा राखेर पनि उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । सदरमुकामस्थित व्यास नगरपालिकासहित क्यामिन, जामुने, काहुँशिवपुर, पोखरी भन्ज्याङ, केशवटार, घाँसीकुवा लगायत क्षेत्रका बासिन्दा बढी बिरामी परेका छन् । यसैगरी, धनुषामा दैवी प्रकोप उद्धार समितिले जिल्लाका पाँच स्थानमा सोमबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्लामा रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामी बढेका छन् । जनस्वास्थ्य अधिकृत विजयकुमार झाका अनुसार बाढीबाट अत्यधिक प्रभावित बहेरावेला, खजुरी, सिंग्याही मडान, परवाहा र दुवरकोट हथलेटवामा सञ्चालित शिविरमा हजारांै बाढीपीडितलाई निःशुल्क औषधि वितरण गरिएको छ । प्रभावित अन्य क्षेत्रको पनि स्थलगत निरीक्षण गर्न स्वास्थ्य टोली खटाइएको उनले बताए । www.kantipuronline.com
Read Full Discussion Thread for this article