Posted by: Rahuldai August 6, 2007
नेपाली राष्ट्रिय गीत
Login in to Rate this Post:     0       ?        
धेरै जनाको धेरै थरि टिप्पणी पढें। लागेको थियो, यस्मा टिपाणी नगरम्, बिबादमा किन पर्ने भनेर। मैले माइसंसार डट कम मा टिपाणी गरें। एक जना सङ नराम्रो झडप भयो। सर्बप्रथम त पुरानो राष्ट्र गान को बारे मा बुझम् न केही कुरा। स्व बखत बीर बुढापिर्थिले ले तत्काल सलामी दिने प्रयोजनको लागि तयार गरेको धुन थियो त्यो। पछि बर्ष याद भएन, त्यो धुन भित्र शब्द समायोजन गरेका हुन्, चक्रपाणी चालिसे जी ले, र राष्ट्र गानका रचयिता चक्रपाणी चालिसे भनेर चिनिए। बखत बीर त्यो भीडबाटै हराए। बनी सकेको धुनमा शब्द भर्नु र कबि- गीतकारको शब्दमा संगीत भर्नु दुइ अलग अलग कुराहरु हुन्। जस्तो, नेपाली सिनेमा जगतका अधिकांश गीतहरुमा शब्द थोपरिएका हुन्। मीठास होला तर भाव र अनुभूति प्राय शुन्य हुने हुन्छ। त्यसरी नै चाइसे ज्यू त्यतिबेलाका कबिलाई जिम्मा लगाइयो र तत्कालिन परिस्थितिमा राजाको गुणगाउनुमा नै सबै कल्याण ( स्वार्थी मन) हुन्छ भनेर उनकै जय जय कार गरे। त्यो अनुसार उनको जय भयो भएन थाहा भएन। परिवर्तन सङै राष्ट्र गान परिवर्तन ठिक हो वा होइन, बुद्धिजिबीहरुको बहसको बिषय होला। तर ब्यक्तिको गुणगान, ब्यक्तिको जयजयकार राष्ट्र गान हुन सक्दैन र मान्न मिल्दैन। राष्ट्र र राष्ट्रियता संबन्धी कुनै एक शब्द थिएन। तर पनि राष्ट्रको गानलाई रहुन्जेल सम्मान गरेका हौं नै। बद्लिदो परिस्थिति संग आत्मसाथ गर्दै नयाँ राष्ट्रगान बनाउने निर्णय कुनै गलत काम होइन। बहस यो कुरामा हुन सक्थ्यो, पुरानै धुनमा नया शब्द समायोजन गर्ने कि सिङै नया बनाउने। बहस भएन, नयाँ बन्यो, कुरा सकियो। संबन्धित क्षेत्रका बिद्वान महाशयहरुकै छनौटमा संगितक्षेत्रका अमर नक्षत्र अंबर गुरुङले तयार गरेको धुनलाई राम्रो नराम्रो भनेर बिबाद गर्नु ब्यर्थ नै हुन्छ जस्तो लाग्छ। सदियौं देखि को श्रीमान गम्भिर को ठाउँमा मात्र श्रीमती गम्भिर् भनी परिवर्तन गरे त पच्न गाह्रो हुन्छ भने, नितान्त नौलो शब्द र भाखामा जन जिब्रोमा रातारात बास गर्ला भनेर सोच्नु पनि ब्यर्थ हुन्छ। तसर्थ, परिवर्तनलाई स्विकार्नु नै समयको माग हो। केही ब्यक्ति वा जमातजो परिवर्तन लाई नै स्विकार्दैनन्, तिनहरुले राष्ट्र गानको बिरोध गर्दैमा, अरुले तिनको बिरोधमा मोर्चा खोल्नु पर्ने आबश्यकता छैन। एक दिन तिन्हरु आफै समाप्त हुन्छन् वा अजयाब घरमा पुग्ने छन्। अस्तु!
Read Full Discussion Thread for this article