Posted by: sumedhu August 6, 2007
नेपाली राष्ट्रिय गीत
Login in to Rate this Post:     0       ?        
नया राष्ट्रिय गित सरल र लोकगीत पाराको छ तर यो हिजोको व्यक्तिगत प्रशस्ति गान भन्दा धेरै गूणा राम्रो छ । हो यो गीत भन्दा पनि धेरै राम्रा गीतहरू ज्युँका त्यूँ छन जस्तो कि माधव घिमिरेको ' गाउँछ गीत नेपाली , ज्योतिको पंख उचाली ' र गोपला प्र रिमालको ' रातो रगत र चन्द्र सूर्य ' जस्ता कालजयी राष्ट्रीय भावना बोकेका ओजपूर्ण गीतहरू । तर पनि सुन्दै गयो भने यो व्याकूल माइलाको गीत पनि ' राम्रो सुनिन्छ । यो सरल र सुनिरहेका राष्ट्र गानहरू भन्दा त्यति फरक सुनिन भने सकेको छैन । जे होस राम्रै छ । तर त्यो श्रीमान गम्भीर लाई मन पराउनु पर्ने म्याडडगको तर्क भने उदेक लाग्दो छ , सायद उनि राजपरिवारका नजिक कै मान्छे परे होलान नत्र त हिजोको व्यक्तिगानलाई राष्ट्रगान त कुनै बहुलाले पनि भन्दैन, हिजो वाध्यता पूर्वक गाइए पनि ।
Read Full Discussion Thread for this article