Posted by: copycat August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
म के जान्दछु र, तै पनि, मलाइ यस्तो लाग्यो १- जन आन्दोलनमा मान्छेहरुका रगतको खोलो बग्यो। ठीक । किन भने, यसमा रगत भनेर धेरै मान्छे हरु बाट निस्केको भन्न खोजिएको छ। म बाट निस्केको एउटा रगत, तिम्रो बाट निस्केको अर्को रगत (दुइटा होइन नि) । यि मिलेर हाम्रा रगत भए । यदि मान्छेहरुको भनेर भनिन्थ्यो भने त्यस्ले कस्तो अर्थ दिन्छ भने, कुनै जनावरको रगत होइन, मान्छेको रगत हो । २- जन आन्दोलनमा मान्छेहरुको रगतको खोलो बग्यो। बेठिक । हरु भन्ने हुँदैनथ्यो भने को नै ठिक हुन्थ्यो । कुरा आयो, वीरको। गीतमा, विरको रगतले भनेको भए पनि ठिक हुन्थ्यो र वीरहरुका भनेर पनि ठिक छ। हरु " फरक पार्यो यी दुइमा । अनि, शब्दको कुरो मा, त्यस्तो लाई प्रत्यय होइन विभक्ति भनिन्छ ।
Read Full Discussion Thread for this article