Posted by: PallaGhareAntare August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
एकछिन् साहुको आँखा छलेर आको त लौ मास्टर्नी दिदी अवाक् भएँ म। तिरीमिरी झ्याँई देखेँ। बोल्ने ठाँउ नै पाइन। नराम्रो हयाम्मर दिनु भो। दोहोरी फेरि टाँस्दैछु। (भो शिष्ठताका कुरा नगर, अब मीठो बोलि के रुखो वचन के? सिमाना मुटुकै मिचे पछि, अब साँध दोसाँधको गुनासो के?) रुखो-मिठो जे थियो साथ थियो मर्यादाको दोशाधको तुलो भित्र अब भो हाल्न नखोज। (भो तिर्सनाका कुरा नगर, अब त्रिप्ती के तिर्खा के? पिलाउने नयन तिम्रै थिए, अब होश के बेहोशी के?) संझे चोखो साहारा तर रहेछ तिर्सना आलिंगनले यो मन अब भो गाल्न नखोज। (भो विश्वाश का कुरा नगर, अब पाप के पुण्य के? स्पर्श को न्यानो तिम्रै थियो, अब सम्हालिनु के बहकिनु के?) ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार पाप-पुण्य भित्र अब भो ढाल्न नखोज। (भो सम्झनाका कुरा नगर, अब अतित के वर्तमान के? द्विविधा तिम्रै थियो, अब मेरो साथ के उस्को हात के?) बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ संझी अतितको द्वविधा अब भो टाल्न नखोज। (भो जिन्दगीका कुरा नगर, अब बाँच्नु के मर्नु के? जल्नु मुटु जलि सक्यो, अब ओखति के विष के?) ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज। क्याबात
Read Full Discussion Thread for this article