Posted by: Poonte August 4, 2007
Login in to Rate this Post:
0
?
टायरा भग्वतीको आशिर्वाद ले'र "अब त आनन्द हुने भो" भनि, जिन्दगी अर्को टायर किन्नै नपर्नि सपना देख्दै भटभटेमा फेरि गुड्न थाले।
१ कोड पारि के पुग्या थे, "फुसुसुसु" आवाज आउन थाल्यो। पाङ्ग्राँ कागत सागत केई परे होला भन्ठानेर अघि गुड्दै थिए।
अझ जोडले फुससससससससससससससससससस हर्न थाल्यो, र एकैछिनाँ त रिमले भुईं छोएर, ट्याक, खोत्र्याङ, ढुस!
जिल्ल परे। कसरी यस्तो हुन गयो भनेर टायरा बगवतीलाई फेरि पुकार्न मत्र के ला' थे, भगवती आफैं तुरुन्तै प्रकट भईन। रिसले आगो बलेकी, सुत्दा सुत्दै जागेकी होलिन्, कपाल जिङ्रिङ्ग पारेकी, फुट्न ला' राता राता नजर, कोल्लाई पाए चपाईदिम् जस्तै परेका मुख..."मेरो आशिर्वाद के गरि भङ्ग भो? कुन दैत्य हुन् यस्तो पार्नि? तेल्लाई म अहिले ने भष्म पार्छु!" भनि गर्जिन्।
तेत्तिकै मा आकाशमा अचानक बादल छाएर गर्जन थाले। अन्धकार छायो, चट्याङ् परे।
"HA HA HA HA HA! Who do you think, nakkali kaali? Yo, kaali! This is yo power detroyer, ever ready to bash your power! HA HA HA HA HA!" भनेर जिब्रो निकाल्दै, जिस्क्याउँदै, आकाशमा छायाँ स्वरुप पर्कट भए:
पन्चटेश्वर महादेव! ऊर्फ सबको साहडे, भउते!