Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
हाहाहा बुडो भन्ने कुराले एउटा कुरा याद आयो। एकजना मेरो साथि छ है उसले चौतारी खुब पढ्दो रहेछ। अनि एक दिन म संग फोन मा कुरा गर्दा गर्दा भन्यो " ओइ साझा पढ्ने गरेको छस?" भनेर। अनि मैले " कहिले काहि हेर्छु खालि काम नलाग्ने गफ हुन्छ त्यति हेर्दिन, फुर्सत पनि त हुन पर्यो नि" भनेर लाउनु गफ लाएँ। अनि त के भन्छ भने, " त्यहाँ चौतारी दामि छ यार, सबै किसिमका मान्छेहरु छन्, एउटा बुढो छ पक्का गाउँले जस्तो जिम्माल बा भन्ने, चौतारीको मोड जस्तो लाग्यो मलाई त त्यो बुढो" रे!! अनि मैले "ए होला होला खै फुर्सत मिले हेरौँला, बुढो त के होला र बुढो बनेको होला नि" भनेको त " हैन म स्योर छु त्यो मान्छे चाहिँ पक्कै बुढो नै हो" रे!!
Read Full Discussion Thread for this article