Posted by: gaalab August 3, 2007
Login in to Rate this Post:
0
?
गुरुजीको भटभटेको फेरि पनि टायर पंचर भएछ।
"अन्तरे!"
"गुरुजी"
"गोलमाल भो अन्तरे गोलमाल! फेरि टायर पंचर भयो ठिक देख्दिन ताल।"
"त्यसैले त गुरुजी, विश्वमित्रको तपस्या गर्नु भन्या। कहिल्यै पनि पंचर नहुने टायर बरदान दिनेछन्। अनि त्यसपछि न टायर पंचर, न टायर फेर्नुपर्ने झंझट।"
त्यसरी गुरुजीको तपस्या सुरु भयो। तपस्या यस्तो तगडा भयो कि स्वर्ग डगमगाउन लाग्यो, पृथ्वी थर्किन लागिन्, आकास भयले काम्न थाल्यो। स्वर्गका राजा ईन्द्रले भगवानहरुको अनुरोधमा छल गर्नको लागि मेनुका पठाए। तर गुरुजीको तपस्या भङ्ग गर्ने त कसको के लाग्ने! अन्तत भगवान विश्वकर्मा आएर भन्न लागे, "हे भक्त म तिमीदेखि प्रसन्न भएँ। माग के वर माग्छौ।"
गुरुजीले आफ्नो दुख पोखे र कहिल्यै पंचर नहुने टायर वरदान मागे। विश्वकर्मा "तथास्तु" भनेर अदृष्य भए।
गुरुजी आफ्नो भटभटे राखेको पार्किङ् लटमा पुगेपछि भटभटेको टायरबाट एउटी जिन्स पाइन्ट लगाएकी कन्याको उत्पत्ति भयो। ती कन्यालाई देखेर गुरुजी विन्ती गर्न लागे, "हे देवी! मलाई कहिल्यै पंजर नहुने टायर प्रदान गर्नुहोस्।"
ती देवीले आफ्नो जिन्स पाइन्टको खल्तीबाट हजारको केही नोटहरु झिकेर गुरुजीलाई दिंदै भनिन्, "त्यति कामको लागि के को तपस्या गरेर टाइम वेस्ट गर्या होला। लाऊ यो पैसा लैजाऊ र बजारमा गएर गोरखकाली टायर खरिद गर, तिम्रो टायर कहिल्यै पंचर हुँदैन।"
"जो आज्ञा, देवी," गुरुजीले दुई हात जोडी प्रणाम गरेर हिंड्न लागे।
दुई पाइला चालेपछि गुरुजी फेरि पछाडि फर्के र विन्ती गर्न लागे, "हे देवी! तपाईंको जय होस्। म हजुरलाई के नामले पुकारौं?"
देवीले मुस्काउँदै उत्तर दिइन्, "हे भक्त, मेरो उत्पत्ति टायरबाट भएको हुनाले, लोग मलाई 'टायरा भगवती'को नामले जुगौं जुगसम्म सम्झनेछन्। तिमी पनि त्यही भनी पुकार।"