Posted by: Pretty August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
euta jharpaat katha lekhna man laagyo aaja. :) दिदी यो के को receipt हो ५०० डलर को? खै कुन हेरुम? Prada Anklestrap Shoes ओ अँ मेरो हो। अनि जुत्ता खै त? तेस्तो महङ्गो जुत्ता त हजुरले कहिले किनेको थाहा छैन त मलाई। मैले किनेको हैन.... निलिमा १८ बर्षको उमेरमा higher studies को लागी बिदेशिएकि थिइन् र अहिले पढाइ सकाएर decent मानिने जब गर्दै छिन्। उनको financial condition राम्रो हुँदै गएको छ र त्यसै क्रममा एउटा सानो घर पनि किनिसकिन उनले। ठुली भएकी छोरी बिदेशमा एक्लै बाबु आमाको चिन्ताको बिषय हुने कुरा त भनिरहनु नपर्ला। निलिमाको भाई निलेश पनि अर्को स्टेटमा पढदै छ। निलिमाको सोचाई बिदेशमा हुर्के बढेका केटीहरुको सोचाई भन्दा फरक छ। तर नेपालमा भएका केटाहरुले बिदेशमा बसेकी केटी mod हुन्छन् भन्ने र बिदेशका केटाहरुले निलिमा सारै conservative सोचाइको भएकी ठान्ने कारणले गर्दा उस्ले अझैसम्म भनेजस्तो सुहाउँदो जिवन साथी पाएकी छैन। नेपालमा उनको बुवा ठुलै पदमा कार्यरत भएको हुनाले निलिमाको लागि केटो खोज्नु कुनै गारो कुरो त हैन उन्को लागि, तर निलिमाले नै अहिले सम्म बुवाले खोजेको कुनै केटोलाई पनि स्विकार्न सकेकी छैन। त्यही क्रममा एकचोटि उन्को बुवाले कुरा मिलाएको र निलेश भएको स्टेट मा बस्ने एउटा केटा सङ्ग निलिमा र निलेश भेट्न गएका थिए। निलिमा र निलेशलाई पहिलो भेटमा केटाको सबै थोक राम्रो लाग्यो र कुरा अगाढि बढने सम्भावना देखियो। त्यसपछि निलिमा घर फर्किन, रवि सङग् उनको फोनमा कुरा हुन्थ्यो। एकदिन उनीहरुले फेरि भेट्ने कुरा मिलाए, यसपटक उनीहरुले अर्कै स्टेटमा भेटे। एउटा शपिङ्ग् मलमा उनीहरु यत्तिकै हिड्दै थिए तेत्तिकै मा एउटा shoe store मा राखेको जुत्ता निलिमाले हातमा उठाएर हेरिन, उन्लाई राम्रो पनि लाग्यो तर जुत्तामा टाँसेको tag देखेर उन्ले जुत्ता किन्ने आट गरिनन र rack मै फिर्ता राखिदिन। रविले के भो राम्रो छ नि तिमिलाई सुहाउँछ पनि ल किनम् भनेर निलिमाले रोक्ने कोशिश गर्दा गर्दै पनि किनिहाल्यो। एक्छिन अरु घुमेर उनिहरु डिनर गर्न तिर लागे। खासै कुरा त भएन डिनरमा, तर निलिमालाई अलि बनावटि पन झल्केको जस्तो लाग्यो रविका कुराहरुमा। पहिलो चोटि दुइजना मात्र आम्ने साम्ने भएर कुरा गर्दा अलि असजिलो महसुस् गरिन् उन्ले। खाना खाइसकेर उनिहरु होटेल् तिर लागे। होटेल् मा आ-आफ्नो रूम् मा जाने बेलामा रविले "let's have coffee" भन्यो र "ok" भनेर निलिमा पनि रविको रूम् मा गैइन्। कफी पिउँदै गर्दा निलिमालाई रवि नजिकिन खोजेको महसुस् भयो। जब रविले "we should test our chemistry you know" भन्दै निलिमालाई नजिक्याउने कोशिश गर्यो, निलिमाले पर सरेर "I'm not that kind of girl, stop it." भनिन। रवि हड्डि खोसिएको कुकुर् जस्तै गरेर निलिमालाई अँखा तरेर हेर्न थाल्यो र नाना भाति गालि गर्न थाल्यो, "you have lived in this country for years but u still have conservative mind like of a Nepali" भन्दै। अनि निलिमाले "oh ya you keep your non conservative mind to yourself." भन्दै त्यो रविले किन्देको जुत्ता रवितिरै हुर्याइदी र reciept चाहि आफैले राखी। मनमनै सोची साइज् ४ को जुत्ता कसैलाई ठिक पनि हुँदैन। दिदी खै त जुत्ता निलेश ले फेरि सोध्यो।
Read Full Discussion Thread for this article