Posted by: chanaa_tarkaari August 2, 2007
Home after 7 years - RatoBhaley
Login in to Rate this Post:     0       ?        
Comrade Chana अझ थपेर I want to change the name of Comrade Aakash to Comrade Chana just for the heck of it रे, लौ रातोभाले ले जात देखाइहाल्यो । दिमागि तरङ्गलाइ मलद्वारमा कोच्ने भाषा बोल्न थालेसिन थप के कुरा गराइ भो र । तैपनि यति भनिहालुँ । लेखाइ सलल बगेकै थियो, तर्साउन सम्मन तर्साएकै थियो, वास्तविक कथाको दर्दनाक चित्रण भन्ठान्दा अन्त्यमा सपना अरे । कत्रो धोका ? म मात्र हो र, latoboy, gogol, flip, spitfire, saan_dai and many other who read it silently, सपै तर्सिए र हिस्स परे । यस किसिमका अवास्तविक कहानिको प्रस्तुतिकै निरन्तरता हुँदै जाने हो भने त्यसले निश्चितै रुपमा भोलि यस्तै समस्यामा कोहि परिहालेमा संवेदनालाइ हलुको बनाउने छ, त्यो निर्विवाद छ । संवेदनालाइ हलुको बनाउनाको नतिजा धेरै हदसम्म नकारात्मक हुन्छ । एउटा मान्छे अन्यायमा पर्दा आक्रोशित हुने मन सयौको नरसंहार हुँदा पनि निष्फिक्रि हुन्छ । भान्छाको चक्कुले झुक्किएर बगाएको रगत देखेर हतप्रभ हुने मन रगतमुच्छेल हत्याहिंसाको माहौलमै पनि रम्न सक्छ । एउटा घरको खाँबो भत्कँदा जुट्ने गामबासिहरु लाखौ घरबारबिहिन हुने गरी बाढीग्रस्त हुँदा पनि निश्चिन्त हुन्छ । संबेदना त्यस्तो चीज हो जो गुमेपछि फेरि फर्काउन अहँ सकिन्न । सपना सपना नै हो, जो कसैले देख्न सक्छ, त्यसमा कुनै कोमरेद रातोभाले वा चना वा आकाशले नियन्त्रण गर्नै सक्तैन । दन्त्य कथाको नैतिकता होइन नैतिक शिक्षालाइ बोध गर्ने हो भने त्यसले हानि होइन सबैको भलो नै गर्ने छ । साझामा यस्तो अवास्तविक कथा नलेख्ने कि भन्ने आग्रह संवेदनासित मात्र सरोकार राखेको नभै समकक्षिमाझ "हाय्् यो रातो भाले यस्तै हावादारी कथामात्र लेख्छ यार ।" भन्ने छवि नहोस भन्ने सद्भाव पनि हो भन्ने बुझ्न जरुरी छ । अथवा चनाको प्रतिक्रियाप्रति असहमति भए त्यो कुरो तथ्यगत रुपमा राखेर विवाद गर्न सकिन्थ्यो, त्यो कुनै ठुलो कुरो नै होइन । यति राम्रो लेख्ने खुवि भएको मान्छेले यस्तो सामान्य सद्भाव सहितको प्रतिक्रिया पनि पचाउन नसकेर Comrade Chana भन्ने उद्घोषका साथ दन्त्य कथालाइ मलद्वारमा कोच्ने भाषा बोल्नु र रातोभालेको सपनामा खराब पात्रको रुपमा उपस्थित Comrade Aakash कै ठाउँमा प्रत्यारोपण गर्ने धृष्टता गर्नु यदि ठट्टै मात्र हो भने पनि त्यो भद्दा भएन कसरी भन्ने ? बरु यहि कथामै खराब देखिएका Comrade Aakash ले यदि रातोभालेले झै राम्रो स्कुलमा पढ्न पाएको भए, आवश्यकता पुरा गर्नसक्ने बाबा आमा पाएको भए, बिदेशमा गएर पढ्ने, राम्रो जागीर गर्ने अवसर पाएको भए त्यो मान्छे त्यसरी परपीडक बनेर बसेको नहुनु पर्ने होला शायद । तर अवसर र उपलब्धि दुबै हातमा लड्डु बोकेर, स्वतन्त्र विचारआदान गरिने समाजको प्रशंसक बनेर पनि एउटा सामान्य प्रतिक्रिया पचाउन गाह्रो मान्दै अण्टसण्ट ठट्टा गर्न अघि सरेको देख्दा मलाइ रातोभालेको चिन्तन Comrade Aakash भन्दा पनि गएगुज्रेको अवश्य लाग्यो ।
Read Full Discussion Thread for this article