Posted by: Rahuldai August 2, 2007
Maoist Contribution to Nepal
Login in to Rate this Post:     0       ?        
धेरै ठाउंबाट्, धेरै किसिमबाट आउदो संबिधान सभाको संभाबित नतिजाबारे माओबादीमा बुद्धि भंडार ( बुद्धि त के हुनु)हरुले अन्दाज गरि सकेकाछन्। जे गरे नि, टाउकै फोरे नि तिनको हबिगत २०४७ सालको जनमोर्चा भन्दा राम्रो नहुने लक्षण देखि सकेको छ। त्यसैले जन बिद्रोह को नाम हो वा अन्य कुनै बहानामा फेरि जङल पस्ने तयारीमा लागेका छन् र बन्दूक कै भरमा सम्पूर्ण सत्ता कब्जा गर्ने दिवा स्वप्नमा रम्न थालेका छन्। अहिले सी डी ओ कुट्ने, एल् डी ओ लाई मार्ने धम्की दिने जस्ता आतंकारी गतिबिधि केन्द्र स्तरकै निर्णय बमोजिम भाको हुनु पर्छ। किनकि अति नै भए पछि गिरिजाको गर्जन को बहानामा संसदबाट् सडक हुंदै जङल जाने बाटो सजिलो हुने हुन्छ। त्यसैको नमूना स्वरुप मात्रिका यादब भन्ने जङली ले राजिनामा दिएका हुन्। संसदबाट गणतन्त्र घोषणा गर्ने अनि प्रचण्ड कामरेड राष्ट्रपति बन्ने र खमेरुज सत्ता लाद्ने सपना साकार होला जस्तो लागेन माओबादिलाई। अब त पशुपति नाथले नि कल्याण गर्न सक्दैन, हाम्रो मुलुकलाई। जब सम्म यी बांदरहरुको गिदिमा बुद्धि भन्ने केही कोशिकाहरु भरिन्न, त्यहि हो। हतियार खोला ले बगाए जस्तै तिनलाई किन बगाउंदैन भने, दैब पनि निर्धा र गरीबकै बिपक्षमा? हे प्रभु।
Read Full Discussion Thread for this article