Posted by: chanaa_tarkaari August 2, 2007
Why there will be no election in November too
Login in to Rate this Post:     0       ?        
देशको लागि गर्न सक्नेहरु जति जम्मै बिदेशमा, देशभित्र भा'का जतिलाइ बिदेशीले हत्केलामा राखेर नचाउनि, अनि भुत्रो हुन्छ त ? फेरि, यो चुनाव भयो नै भने पनि त्यसले कस्तो निकास दिन्छ होला, त्यो पनि अन्यौल नै छ । यो चुनाव सम्बन्धि मैले बुझेको समिकरण यस्तो छ - बिदेशीको रोल : इण्डियालाइ मंसिरमा चुनाव चाहिएको छ । अमेरिका र चीनलाइ यो मंसिरको चुनाव भत्काउन पाए इण्डियाको मेख मार्न पाइन्थ्यो भन्ने छ । बेलायतले यो चुनावमा खासै चासो राखेको छैन । स्वदेश भित्र : एमालेलाइ चुनाव गराउन पाए हुन्थ्यो भन्ने छ, तर उ आफै विश्वस्त छैन । काँग्रेस एकता नभएसम्म चुनाव गराउनै हुन्न भन्ने मनस्थितिमा छ । एकता गरीसकेपछि हुने अन्तर्घातको खेलको हिसाबकिताब गर्न भ्याइसकेको छैन । माओबादि चुनावसित त्रस्त छ। कुनै हालतमा गर्न नदिनको लागि बहाना खोज्दै छ । मधेशि फोरम चुनाव जित्ने आशामा छैन, त्यसैले भाँड्ने कुरो नै गर्छ । अन्य जनजातिहरु कसरी आफ्नो लबिङ गर्ने भन्ने कुरो मै अष्पष्ट छ ।
Read Full Discussion Thread for this article