Posted by: Rahuldai August 1, 2007
Maoist Contribution to Nepal
Login in to Rate this Post:     0       ?        
GP जी, माथीका सबै पोस्टिङहरु संग सहमत भैकन पनि पछिल्लो पोस्टिङ संङ सहमत हुन सकिन। माओबादि त्यागी एमाले हुनु वा एमाले त्यागि माओबादि हुनु मा खासै तात्विक अन्तर छैन। एमालेमा अबसर न पाएका वा क्षमता नभएका माओबादि बनेका धेरै उदाहरण छन्। देशका भए भरका लुच्चा, फटाह, गुण्डा हरु क्रान्तिकारिको मुकुण्डो लगाइ राखेका छन्। त्यो कुसुम भन्ने ले गरेको अपराध माफ दिन लायक को होला त, एमाले हुदै मा। के उस्को आत्ममा परिवर्तन भएकै हो त? कि मात्र ज्यान जोगाउन अर्को कम्युनिष्टको शरणमा गएको? जे होस्, यति बेला बीपीले भनेको कुरा याद आयो। हुन त यो भनाई धेरैलाइ न पच्न सक्छ। तर अहिले माओबादिको जङली राज देखे पछि, बी पीको भनाई सत्य मात्र होइन, ध्रुब सत्य नै लाग्यो। " एउटा मान्छे कम्युनिष्ट बन्न सक्छ, तर एउटा कम्युनिष्ट मान्छे बन्न सक्दैन।"
Read Full Discussion Thread for this article