Posted by: Rahuldai July 30, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
हुन त बेन्जु शर्माको पारिवारिक स्थिति , मानसिक र ब्यबहारिक स्थितिबारे अनभिज्ञ नै छु । तर उनका साहित्यिक रचनाहरु २०४० साल देखि पढ्दै आएको छु । नेपाली साहित्यका सशक्त नारी हस्ताक्षर हुन् तिनी। त्यबेलाका साहित्यिक पत्रिका पढ्नेहरुमा उनका "अस्ताउंदो आकाशमा बांचिरहेको बिश्वास" शीर्षक कथाको संझना हुनु पर्दछ। उनकी बुहारीले उनी माथी लगाएका गम्भीर आरोपले सोच्न भने बाध्य भएको छु। तर जुन बेला यो खबरले बजार लियो, त्यति बेला नै बेन्जु जीको पनि पक्ष सारंशमा पढेको थिएं। मित्रहरु एक पक्षिय कुराको आधारमा निर्क्यौल गरि हाल्न अलि हतार हुन्छ कि? बेन्जु शर्मा को भनाइ अनुसार् जस्मिन शर्मा चरित्र हिन की छे रे, कुल घरानको इज्जतको खातिर सम्झाउंदा उल्टै सासू माथि जाइ लागिन रे। समाजमा इज्जत भाको ब्यक्ति माथि चरित्र हत्या गर्ने प्रयास रे। अब भन्नुस कस्को कुरा बिश्वास गर्ने? हावा न चली पात हल्लिएको पक्कै होइन। अब बेन्जु जी असली रुप साहित्यमा देखिएकी भन्दा प्रिथक हुन वा उनकी बुहारीको बाङो तर नाङो चरित्र। समयमा बाहिर अौने नै छ। त्यतिन्जेल सम्म दुबै पक्षलाई benifit of doubt दिनु नै उपयुक्त होला कि? अस्तु!
Read Full Discussion Thread for this article