Posted by: Rahuldai July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लौ बिर्खे महाराज के कुरा गरि बक्सेको, सरकार् ले? संसारको सबै भन्दा उत्तम सुख र शान्ति सुत्नु मा छ। जति सुत्यो त्यति जांगरिलो हुन्छ। निद्रा न पुगेको मान्छे र नून खाएको कुखुरा उस्तै उस्तै हुन्छ। ट्याम मा सुत्ने बेटाइम उथ्ने गर्यो भने जिउ पनि बन्छ, निहु पनि हुन्छ। किनकि यो संझेर ल्याउदा यो संसार् भरि दुखै दुख, असन्तोष, अत्रिप्तता, अब्यबस्था, असफल्ता आदि इत्यादिले सताइ रहने हुन्छ। यी सब सांसारिक माया मोहबाट मुक्ति क्षणिक मात्रामा भए नि सुत्नु ले दिन्छ। आफ्नै दुनियामा सयर गर्नु आहा क्य मज्जा। श्री देबी संझे श्री देबी, माधुरी संझे माधुरी, मल्लिका संझे मल्लिका। सबिता कबिता, रमिता सब् का सब् देबीहरुको दर्शन केअंुष्ठ रुम मा सुतेसि गर्न पाइन्छ। अब बिपनामा घरकी देबी बाहेक अरु तिर नजर मात्र पनि घुमायो कि गयो। त्य्सैले सुत्ने कुरामा कन्जुस्याइं नगरौं। जिन्दगीलाई रमाइलो संग जिउं। जिन्दगीलाई गिलासमा राखेर पिउं।
Read Full Discussion Thread for this article