Posted by: SurNaTal July 29, 2007
From the Diary: One night in Bangkok
Login in to Rate this Post:     0       ?        
Dec 8, 2003: "Old Town" नामको Bangkok स्थित् एउटा Restaurant मा Europian Formula मा बनेको नाम नखुलेको पेय पदार्थको CO2 डकार्दै Thai युवतीको अङ्रेजि स्वरमा सुर् न ताल संग उफ्रिरहंदा बिहान गाउँमा भाले बासिसकेको हुंदो हो र मेरि आमा सकि नसकी दोइलो खोलेर आगो जोरिरहेकि हुंदिहुन। हो तेतीनै खेर मेरि प्रिया कैयौं पटक आंखा मिच्दै र झकाउंदै कुन बिरामिको Bottled Blood सकिन लाग्यो भनेर हेरचाह गरिरहेकि हुंदिहुन - Kathmandu को चीसो रातमा। काति अतुलनिय भिन्नताहरु गुज्रिरहेछन - म, मेरी आमा र मेरी उनि बिच। Bangkok रात र दिनहरुमा भिन्नता राख्दैन। व्यक्ति पिच्छे दिन र रातका परिभाषाहरु फरक छन्। यो रातभरि जागा रहन्छ - झिलिमिलि बत्तिहरुमा र ब्यस्त सडकका गाडिहरुमा। मेरो गाउँ शान्त निद्रामा सुतिरहन्छ, प्रत्यक सांझहरुमा र भालेको डांको संगै ब्युँझिन्छ - अंगेनाहरुमा, दैलानोहरुमा, आँगन-दलान, धारा-पँधेरा र बस्तु गोठहरुमा। काठमान्डौ अलि ढिलो सम्म सुस्ताउंछ - गल्ड्याङ् गुल्डुङ् उज्यालाहरुमा। कहिं कहिं Late Night सम्म सलबलाउंछ - DISKO र जुवाघरहरुमा। र विहान छ्यासमिस ब्युँझन्छ - कहीं विहानी बिध्यालयहरुमा, कहीं दिवा कार्यलयहरुमा। मानौं काठमान्दौ मेरो गाउँ र Bangkok बिच को लिस्नु हो: एउटा Transit; सरल, शान्त, स्फुर्त र एक्नास जिवन अनि गडगडाहट, मात्तिएको र व्यस्त Bangkok शहर बिचको। म चाहन्छु - यी सब परिवर्तनहरुलाई मेटाउँ र तेहि तल्लो गराको सुन्तला सांधेर घरमाथिको चौरमा सुकुलभरि जिब्रो फट्कारेर मंसिरको मीठो घाम तापिरहुं - जहां मेरि आमा मेरो कपालको चम्कना मारिरहेकि हुन - मेरि सहेलि पिंडालु उसिनेर नुन खोर्सानी पिनिरहेकि हुन्।
Read Full Discussion Thread for this article